तार्केश्वर मेयर रनिङ सिल्ड सुरु

काठमाडौं। तार्केश्वर नगरपालिकाको आयोजनामा तेश्रो मेयर रनिङ सिल्ड खेलकुद प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ ।
‘खेल तार्केश्वरको, सन्देश एकताको’ को भन्ने मुल नारासाथ सुरु भएको प्रतियोगिताको उद्घाटनअघि धर्मस्थलीस्थित आयोजक नगरपालिकाको कार्यालयबाट पिपलडाँडा तुसाल खेल मैदानसम्म ¥याली निकालिएको थियो ।
¥याली मैदानमा पुगेपछि उद्घाटन कार्यक्रम सुरु भएको थियो । तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले प्रतियोगिताको उद्घाटन गरे ।
उद्घाटनका अवसरमा सहभागी विद्यालयका टोलीले मार्च पास्ट गरेका थिए भने कपन टाइगरको टोलीले आकर्षक तेक्वान्दोको प्रस्तुती प्रस्तुत गरेको थियो । सेक्रेड हार्टका विद्यार्थीले एरोबिक नृत्य प्रस्तुत गरेका थिए ।
पहिलो दिन छात्र फुटबलतर्फ २ खेल भयो । उद्घाटन खेलमा श्रृजना ज्ञान सागरले नर्थ भ्यालीलाई २–० गोलले पराजित ग¥यो । अर्को खेलमा कालीदेवीले किन्डर गार्डेनलाई ७–० को फराकिलो गोलअन्तरले हरायो । छात्रमा ३६ तथा छात्रामा १९ टिम सहभागी छन् ।
विभिन्न १० खेल समावेश प्रतियोगितामा ५३ विद्यालयका ३ हजार ४ सय ५४ खेलाडी सहभागी छन् । फुटबल, भलिबल, कबड्डी, एथलेटिक्स, कराते, तेक्वान्दो, उसु, बास्केटबल, ब्याडमिन्टन र टेबलटेनिसको प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टिमलाई क्रमशः १ लाख, ६० हजार, ४० हजार र २० हजार नगद पुरस्कार प्रदान गर्ने कार्यक्रम संयोजक राजेन्द्रप्रसाद तिमिल्सनाले जानकारी दिए । गत संस्करणमा लालीगुराँस नेसनल एकेडेमी टिम च्याम्पियन बनेको थियो । पहिलो संस्कणमा हिमरश्मि पहिलो भएको थियो ।काठमाडौं, मंसिर १८ गते ।
तार्केश्वर नगरपालिकाको आयोजनामा तेश्रो मेयर रनिङ सिल्ड खेलकुद प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ ।
‘खेल तार्केश्वरको, सन्देश एकताको’ को भन्ने मुल नारासाथ सुरु भएको प्रतियोगिताको उद्घाटनअघि धर्मस्थलीस्थित आयोजक नगरपालिकाको कार्यालयबाट पिपलडाँडा तुसाल खेल मैदानसम्म ¥याली निकालिएको थियो । ¥याली मैदानमा पुगेपछि उद्घाटन कार्यक्रम सुरु भएको थियो । तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले प्रतियोगिताको उद्घाटन गरे ।
उद्घाटनका अवसरमा सहभागी विद्यालयका टोलीले मार्च पास्ट गरेका थिए भने कपन टाइगरको टोलीले आकर्षक तेक्वान्दोको प्रस्तुती प्रस्तुत गरेको थियो । सेक्रेड हार्टका विद्यार्थीले एरोबिक नृत्य प्रस्तुत गरेका थिए ।
पहिलो दिन छात्र फुटबलतर्फ २ खेल भयो । उद्घाटन खेलमा श्रृजना ज्ञान सागरले नर्थ भ्यालीलाई २–० गोलले पराजित ग¥यो । अर्को खेलमा कालीदेवीले किन्डर गार्डेनलाई ७–० को फराकिलो गोलअन्तरले हरायो । छात्रमा ३६ तथा छात्रामा १९ टिम सहभागी छन् ।
विभिन्न १० खेल समावेश प्रतियोगितामा ५३ विद्यालयका ३ हजार ४ सय ५४ खेलाडी सहभागी छन् । फुटबल, भलिबल, कबड्डी, एथलेटिक्स, कराते, तेक्वान्दो, उसु, बास्केटबल, ब्याडमिन्टन र टेबलटेनिसको प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टिमलाई क्रमशः १ लाख, ६० हजार, ४० हजार र २० हजार नगद पुरस्कार प्रदान गर्ने कार्यक्रम संयोजक राजेन्द्रप्रसाद तिमिल्सनाले जानकारी दिए । गत संस्करणमा लालीगुराँस नेसनल एकेडेमी टिम च्याम्पियन बनेको थियो । पहिलो संस्कणमा हिमरश्मि पहिलो भएको थियो ।











एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया