अल्ट्रा धावक भारत प्रस्थान
मेरोन्यूज
२०८१ मंसिर १८ गते १८:४६
काठमाडौं । आईएयु एक सय किलोमिटर विश्व च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित ६ सदस्यीय नेपाली टोली आज भारतको बैङ्लुरु प्रस्थान गरेको छ ।
यही मङ्सिर २२ गते हुने उक्त प्रतियोगितामा भुमिराज राई, सन्तोषनाथ योगी र लाक्पा निमा शेर्पाले प्रतिस्पर्धा गर्ने छन् । तीनै खेलाडी नेपाल प्रहरीमा आवद्ध छन् । प्रतियोगितामा खेलाडी सहभागी गराउन नेपाल एडभेन्चर रनिङ महासङ्घले छनोट प्रतियोगिता आयोजना गरेको थियो ।
टोली प्रमुखमा नेपाल एडभेन्चर रनिङ महासङ्घका कार्यवाहक अध्यक्ष राजन खत्री, प्रशिक्षकमा बाबुराजा श्रेष्ठ र अफिसियलमा रविन्द्र श्रेष्ठ रहेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्लले आजै एक कार्यक्रमबीच बिदाइ गरे ।
सम्बन्धित









श्रीलङ्का बाढी–पहिरो : मृत्यु हुनेको संख्या १२३ पुग्यो, १३० बेपत्ता
ताप्लेजुङमा एमाले प्रतिनिधि सर्वसम्मत
नेपाली यू–१९ टोली एसिया कपका लागि छनोट
एनपिएलमा ‘स्पिरिट अफ क्रिकेट’ अवार्ड प्रदान गरिने
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
आज २०८२ साल मंसिर ११ गते बिहीबारको राशिफल
सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
प्रेस काउन्सिलले मेरो न्यूजलाई पत्र काटेकोमा काउन्सिलकै सदस्यकाे फरक मत
प्रतिक्रिया