रौतहटका ७ स्थानमा गढीमाई मेला

रौतहट । बिश्व प्रसिध्द बारा बरियारपुर स्थित लाग्ने पंचवर्षीय गढीमाई मेलाकै तिथि मितिमा रौतहटको छुट्टाछुट्टै ७ स्थानमा गढीमाई मेलाको आयोजना गरिएको छ।
सैयौं बर्षदेखि बारा बरियारपुर स्थित गढीमाई मन्दिरमा मात्र लाग्दै आएको पंचवर्षीय मेला २०७४ को स्थानीय निकायको निर्वाचन पछी बिस्तार भएको हो।
स्थानिय निकायको प्रमुखको पहलमा पालिका बाट लगानी गर्न थालेपछि अहिले रौतहटको ७ स्थानमा गढीमाई मेलाको आयोजना गरिएको छ ।
कटहरिया नगरपालिकाको २ स्थान, गुजराको १ स्थान, माधव नारायणको १ र गढीमाई नगरपालिकाको ३ गरी यस पटक जिल्लाको ७ स्थानमा गढीमाई मेलाको आयोजना गरिएको छ।
कटहरियाका मेयर अजय प्रकाश जैसवालको पहलमा वडा ६ दुधियाभार, वडा ४ का अध्यक्ष चन्दन कुशवाहाको पहलमा बलरामपुर स्थित गढीमाई मन्दिरमा गत १७ गते आइतबार देखी मेला लागेको छ।
त्यस्तै मेयर सन्तलाल चौधरी र मेयर प्रत्यासी पलट चौधरीको पहलमा गुजरा नगरपालिका कनकपुर स्थित गढीमाई मन्दिरमा गत आईतवार देखी मेलाको आयोजना गरिएको छ।
मेयर श्याम प्रसाद यादवको पहलमा गढीमाई नगरपालिकाको तीन स्थानमा रहेको गढिमाई मन्दिरमा मेला लागेको छ ।
बलुवा, सुन्दरपुर, मदनपुर हरैया स्थित गढीमाईको मन्दिरमा धुमधामका साथ मेला लागेको छ । त्यसैगरी मेयर बैजु प्रसाद यादवको पहलमा माधव नारायण नगरपालिकाको माधोपुर स्थित गढीमाईको मन्दिर अगाडी मेला लागेको छ ।
गुजरा ४ स्थित गढीमाई मन्दिरमा यस वर्षको वार्षिक मेला १७ मंसिरदेखि सुरु भएको छ । मेला २५ मंसिरसम्म सञ्चालन हुने र मेलामा धार्मिक अनुष्ठानसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरिएको मेला समितिका अध्यक्ष पलट चौधरीले बताएका छन्।
करिब १७ वर्षअघि गुजरा ४ स्थीत चौरमा इट्टाभट्टा सञ्चालन गरेका गगनदेव साहको कारोबारमा आएको समस्या देवीको पूजा पाठ पछि समाधान हुँदा उक्त स्थानमा गढीमाई मन्दिरको स्थापना गरिएको थियो ।
गगनदेवले इँटा पकाउने क्रममा बारम्बार समस्या आउन थालेपछि स्थानीय धामी देवीलाल चौधरीको सल्लाह अनुसार बिश्व प्रसिध्द बारा गढीमाई मन्दिरका मूल तान्त्रिक दुखन धामीलाई भेटेका थिए ।
मूल तान्त्रिक धामीको सुझाव अनुसार उक्त स्थानमा गढीमाईको बहिनीको बासस्थान रहेको भन्दै सानो मन्दिर निर्माण गरिएको थियो । मन्दिर निर्माणपछि स्थानीय समन्वय र प्रदेश सरकारको लगानीमा गढीमाई मन्दिरलाई विस्तार गरिएको थियो।
जनता समाजवादी पार्टीका तत्कालीन केन्द्रीय उपाध्यक्ष तथा नेपाल प्रहरीका पूर्व आईजीपी प्रदीप शमशेर जबराले शिलान्यास गरेको बिस्तारित गढीमाई मन्दिरको निर्माण पछि तत्कालिन प्रदेश भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले उद्घाटन गरेका थिए ।
मेला समितिका अध्यक्ष पलट चौधरीका अनुसार मेलामा २० मंसिरमा टिकटक स्टार प्रीति पासवानको प्रस्तुति, २१ र २२ मंसिरमा सांगीतिक नृत्य कार्यक्रम, २३ मंसिरमा राँगा बलि र २४ मंसिरमा खसी बलि हुनेछ । २५ मंसिरमा मेला विधिवत् रूपमा सम्पन्न हुनेछ ।
भक्तजनहरूले आफ्नो भाकल पूरा भएपछि राँगा, बोका, परेवा लगायत बलि चढाउने गर्दछन् । बिश्व प्रसिध्द बारा गढीमाई मन्दिरका मूल तान्त्रिक उमाशंकर धामी नै कनकपुर गढीमाई मन्दिरको मूल तान्त्रिक रहेका छन्।
उनले बारा गढीमाई सरह यहाँको गढीमाई मन्दिरमा आफनो शरीरको पाँच स्थानबाट निकालिएको रगत नर बलिको रूपमा चढाएपछि मात्र बलि सुरुहुने समिती अध्यक्ष चौधरीले जानकारी दिएका छन्।
कनकपुर गढीमाई मन्दिरमा हुने विधिवत तान्त्रिक पूजा सरह जिल्लाको सात वटै मन्दिरमा पूजा गरिन्छ।
विधिवत पूजा पछी जिल्लाको सातै गढीमाई मन्दिरमा बारा बरियारपुर स्थित बिश्व प्रसिध्द गढीमाई मन्दिरमा हुने तिथी मैं बली दिइन्छ।
















सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ अब नेपालमा
इँटाभट्टाको पर्खाल भत्किएर महिलाको मृत्यु
प्रधानमन्त्री कप क्रिकेटः एपीएफको विजयी सुरुवात
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
प्रतिक्रिया