बाँकेमा कोरोना सङ्क्रमणबाट एकको मृत्यु
मेरोन्यूज
२०७८ वैशाख ९ गते १६:०२

बाँके । बाँकेमा कोरोना सङ्क्रमणबाट थप एक बिरामीको मृत्यु भएको छ । शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१७ बाँके निवासी ८६ वर्षीय सङ्क्रमितको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
उनका अनुसार यही वैशाख ७ गते गरिएको पिसिआर परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको छ । जिल्लामा आजमात्रै २०४ नयाँ सङ्क्रमित थपिएका छन् । भेरी अस्पतालमा लिइएको ३५० नमूना स्वाबको परीक्षणमा २०४ मा कोरोना पुष्टि भएको उनले बताए ।
दैनिकरूपमा सङ्क्रमित र बिरामीको चाप बढेपछि बाँकेका अस्पताललमा गम्भीर प्रकृतिका बिरामीलाई मात्र भर्ना गर्न थालिएको छ ।
सम्बन्धित









यस्तो छ सरकार-जेनजी सम्झौता (पूर्णपाठ)
सरकार र जेनजीबिच दश बुँदे सम्झौता ( बुँदासहित )
खैरो हिरोइनसहित आठ जना पक्राउ
मोरक्कोमा भवन भत्किँदा १९ जनाको मृत्यु, उद्धार कार्य तीव्र
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
राप्रपाले बाेलायाे केन्द्रीय कार्यसमितिको बैठक
ईश्वर पोखरेलले पार्टीलाई बुझाएको अवधारणापत्रमा के छ ? (पूर्णपाठ)
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता
प्रतिक्रिया