बाढीपीडितलाई पाँच लाख सहयोग

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को प्रवास समन्वय समितिअन्तर्गतको अन्तरमहादेशीय सङ्गठन समितिले बाढीपहिरो पीडितका लागि रु पाँच लाख आर्थिक सहयोग गरेको छ । अन्तरमहादेशीय सङ्गठन समितिअन्तर्गत यूरोप र अष्ट्रेलिया शाखाले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकमको चेक हस्तान्तरण गरेको हो ।
प्रवास प्रदेश कार्यालयका मुख्य सचिव टिबी पाठक, जनप्रगतिशील मञ्च यूरोपका कोषाध्यक्ष डोलराज भण्डारी र जन प्रगतिशील मञ्च अष्ट्रेलियाका अध्यक्ष दीपक पाण्डेले सो चेक हस्तान्तरण गरेका हुन् । चेक ग्रहण गर्दै अध्यक्ष दाहालले विपतपछि उद्धार, राहत र पुनःस्थापनाको काममा आफ्नो पार्टीले सक्दो पहलकदमी गरेको बताए।
अध्यक्ष दाहालले लाखौँ युवा प्रवासमा रहेकाले उनीहरुलाई सङ्गठित गर्दै देशभित्रै फर्केर केही गर्न सक्ने वातावरणको सिर्जना गर्न पार्टीको प्रवास समिति लाग्नुपर्ने बताए।










जेनजीको रगतको थोपा खेर जान दिन्नँ – रवि लामिछाने
संसद् पुनर्स्थापना गरेर बैठक आह्वान गर्न राष्ट्रपतिसँग एमालेको माग
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर भाेकमरीको जोखिममा
थापाथलीकाे ऐतिहासिक चार अखडामा गाई पाल्न समस्या
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया