शुक्रबार, चैत २०, २०८२

पशुपतिनाथमा पूजाआजाका लागि भक्तजनलाई रोक

मेरोन्यूज २०७८ वैशाख ९ गते १७:५०

काठमाडौँ । पशुपतिनाथ मन्दिरमा पूजाआजाका लागि भक्तजनलाई रोक लगाइएको छ । कोरोना भाइरसका संक्रमित वृद्धि भएसँगै भक्तजनलाई पशुपतिनाथमा पूजाआजामा रोक लगाएको जनाईएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मिलनकुमार थापाले सूचना जारी गर्दै शुक्रबारदेखि लागू हुने गरी अर्को व्यवस्था नहुन्जेलसम्म पशुपतिनाथलगायत मन्दिरमा नित्य पूजाबाहेक अन्य पूजा नहुने जनाएका छन्।

सरकारले भिडभाड हुने क्षेत्रमा भिड नियन्त्रण गर्न अनुरोध गरेकोले पशुपतिनाथ मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने व्यवस्था गरिएको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया