नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । पछिल्ला दिनमा लगातार ओरालो लागेको नेप्सेमा बिहिबार भने सुधार देखिएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार १५.८० अङ्कले बढेर दुई हजार ६४८ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.२१ अङ्कले बढेर ४७६.६० मा पुगेको छ । कूल २१४ कम्पनकिो एक करोड ३० लाख ३२ हजार ८२३ कित्ता शेयर रु पाँच अर्ब ९१ करोड ५१ लाख ३९ हजार ८८८ मा खरिद बिक्री भए ।
बिहिबारको कारोवारपछि बजार पूँजीकरण रु ३६ खर्ब ६६ अर्ब ६९ करोड ९१ लाख ९० हजार बराबर पुगेको छ । कारोवार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लागे भने ११ उपसमूहका शेयर उकालो लागेका छन् । होटल तथा पर्यटन ५२.९२ र सामूहिक लगानी कोष ०.०६ विन्दुले ओरालो लाग्यो । यस्तै, बैंकिङ ९.२२, व्यापार ११.१२, विकास बैंक ३८.१७, जलविद्यत् ४.९८, वित्त १.४१, निर्जीवन बीमा ११४.९, उत्पादन ४७.२८, अन्य २१.३१, लघुवित्त ५३.१९, जीवन बीमा ११४.०६ र लगानी ०.१७ बिन्दुले उकालो लागेको छ ।
कारोवारका आधारमा एनसिसी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ६२ करोड २७ लाख ७९ हजार ८५० बराबरको कारोवार भयो । यस्तै, नेपाल पूर्वाधार बैंक रु २५ करोड ८७ लाख ४८ हजार ३४८, एनआइसि एशिया लघुवित्त रु २१ करोड ३५ लाख ७९ हजार, एचआइडिसिएल रु १९ करोड ५३ लाख ६४ हजार ८७५, नबिल बैंक रु १६ करोड २२ लाख ५३ हजार ९५७, माथिल्लो तामाकोशी रु १३ करोड ४८ लाख ७५ हजार २००, नागरिक लगानी कोष रु १२ करोड ४९ लाख ३४ हजार ७६२ र एनआइसि एशिया बैंक रु ११ करोड २१ लाख ९३ हजार बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
यसैगरी, विशाल बजार कम्पनी र सिन्धु विकास बैंकको शेयरमा समान १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो । महिला लघुवित्त ९.९७, ग्रीन डेभलपमेन्ट बैंक ९.९५, ज्योति लाइफ इन्स्योरेन्स ९.९३, एनसिसी बैंक ९.८४, सप्तकोशी डेभलपमेन्ट बैंक ६.८४, आइएमई जनरल इन्स्योरेन्स ५.५८ र एनआरएन इन्फ्रास्टकचरका लगानीकर्ताले ५.३८ प्रतिशतले कमाए ।
हिमालयन ऊर्जा विकास कम्पनी ३.४४, पञ्चकन्या माई हाइड्रोपावर २.५६, मन्जुश्री फाइनान्स २.४५, हिमाल दोलखा हाइड्रोपावर २.३८, चन्द्रागिरि हिल्स २.२९, नेपाल हाइड्रो डेभलपर २.२३, रिडी हाइड्रोपावर २.२०, गुर्खाज फाइनान्सका लगानीकर्ताले १.७९ प्रतिशतले गुमाएका छन् । रासस


















बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
पूर्वमन्त्री दीपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
लक्ष्मी सनराइज क्यापिटलको नयाँ म्युचुअल फन्डलाई धितोपत्र बोर्डको स्वीकृति
नयाँ वर्षको अवसरमा इनड्राइभको ‘राइड मोर, विन मोर’ क्याम्पेन
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
प्रतिक्रिया