मंगलबार, वैशाख १६, २०८२

कांग्रेसको कोशी प्रदेश सम्मेलन आज देखि शुरु

मेरोन्यूज २०८१ मंसिर २२ गते १०:४९

काठमाडौं । नेपाली कांग्रेसको कोशी प्रदेशको सम्मेलन आज देखि शुुरु हुँदैछ । 

सम्मेलनको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् । सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीहरू गगन थापा, विश्व प्रकाश शर्मा लगायतका नेताहरू पनि सहभागी हुने जनाइएको छ । 

सम्मेलनमा प्रदेश कार्य समितिको वार्षिक कार्य प्रगतिको समीक्षाका साथै आगामी रणनीति बारे छलफल हुनेछ ।  कोशीमा संघीयता पछि पहिलो पटक कांग्रेसको सम्मेलन हुन लागेको हो । सम्मेलन संस्थापन इतर पक्षका नेता शेखर कोइरालाले भने बहिष्कार गर्ने भएका छन् । 

वरीयता विवादका कारण शेखर विराटनगरमा हुने सम्मेलनमा सहभागी नहुने जनाइएको छ ।

प्रतिक्रिया