शुक्रबार, फागुन २९, २०८२

आज मंसिर २३ गते आइतबार,कस्तो छ तपाईंको राशिफल?

मेरोन्यूज २०८१ मंसिर २३ गते ६:०५

काठमाडौं।  आज २०८१ साल मंसिर २३ गते शनिबार तदनुसार सन् २०२४ डिसेम्बर ८ तारिख। मार्गशीर्ष शुक्ल पक्षको सप्तमी उपरान्त अष्टमी तिथि। रवि सप्तमी व्रत, गोरखकाली पूजा। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। 

Advertisement
nepal life insurencenepal life insurence

मेष :कार्यक्षेत्रमा आत्मविश्वास बढ्नेछ। सहयोगीहरूको साथ मिल्नेछ। नोकरी वा पेशामा अरुको सल्लाह मान्नु ठिक रहला। व्यापार व्यवसायमा आर्थिक स्थितिलाई हेरेर योजनामा बदलाव गर्न सक्नुहुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

वृष : पारिवारमा मनमुटाव सम्पन्न हुनाले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा दिखावा गर्नबाट बच्नुहोस्। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। नोकरी वा पेशामा थप काम गर्नुपर्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

मिथुन :व्यापार व्यवसायमा लाभ मिल्नेछ। अगाडि बनाएको योजनाहरू प्रारम्भ हुनेछन्। कार्यक्षेत्रमा यात्राबाट लाभ मिल्नेछ। नोकरी वा पेशामा अधिकारीहरूबाट प्रशंसा मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

कर्कट : कार्यक्षेत्रमा अकस्मिक लाभले मन प्रसन्न रहनेछ। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। नोकरी वा पेशामा पुरानो विवाद सुल्झिनेछ। यात्रा गर्दा आफ्नो सामानको सुरक्षा स्वयं राखौं। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

सिंह : साझेदारी व्यापारमा नयाँ काम हात लागिपर्ला। जीवनसाथीको नोकरीमा पदोन्नति हुनेछ। विद्यार्थीहरूको कलात्मक क्षेत्रमा विकास हुनेछ। थप लगानी लगाउँदा जानकारको सल्लाह लिएर मात्र अगाडि बढ्नुहोस्। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ५ रहेको छ।

कन्या : कार्यक्षेत्रमा लाभ मिल्नेछ। राजनीतिमा नेतृत्व गर्ने क्षमता बढ्नेछ। सामाजिक सञ्जालमा आफ्नो कुरा राम्ररी राख्न सक्नुहुनेछ। स्वास्थ्यलाई लिएर सचेत हुनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

तुला : व्यापार व्यवसायमा गलत कुरामा विश्वास राख्दा हानि हुनसक्छ। विद्यार्थीहरुलाई पठनपाठनमा सफलता मिल्नेछ भने प्रतियोगी प्ररिक्षामा पनि सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक : विश्वासपात्रबाट धोखा मिल्न सक्छ। दाम्पत्य जीवन सुमधुर रहनेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आफन्तहरूसँग रमाइलो भेटघाटले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।

धनु :नयाँ नोकरीको खोजिमा सफलता मिल्नेछ। पारिवारिक खर्चमा वृद्धिले मन अशान्त रहनेछ। समाजमा प्रतिष्ठा बढ्नेछ। नयाँ पहिरनको अवसर मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

मकर : सन्तानको स्वास्थ्यलाई लिएर मन चिन्तित रहनेछ। कार्यक्षेत्रमा श्रम अनुरूप सफलता मिल्नेछ। व्यापार व्यवसायमा नयाँ योजनाहरू बन्नेछन्। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ : नयाँ कामले गर्दा दिनचर्यामा बदलाव हुनसक्ला। साहस र उत्साहमा वृद्धि हुनेछ। नोकरीमा प्रभाव बढ्नेछ साथै नयाँ जिम्मेवारी पनि मिल्नेछ। व्यापार व्यवसायमा आयका नयाँ स्रोतहरू बढ्नेछन्। आजको शुभ रंग सिन्दूरि हो भने शुभ अंक ८ रहेको छ।

मीन : मन अशान्त रहनेछ। कार्यक्षेत्रमा सोचे अनुसार कार्य नहोला। स्वास्थ्यलाई लिएर धन खर्च हुनेछ। आर्थिक कारोबारको लागि उपयुक्त समय पर्खिनुहोला। वैदेशिक रोजगारबाट अप्रिय सूचना मिल्न सक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

प्रतिक्रिया