तुलसीपुरका सबै वडा कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह गर्दै
मेरोन्यूज
२०८१ मंसिर २३ गते १२:०९

दाङ । तुलसीपुरका सबै वडा कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह गर्न थालेका छन् ।
भवनविहीन तुलसीपुर-१९ ले पनि आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गरेको छ । यसअघि अन्य १८ वटै वडा कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह गर्दै आएका थिए ।
“हामीले आजदेखि सबै वडा कार्यालयका आफ्नै भवनबाट सेवा दिन सुरु गरेका छौँ”, उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले भने । यसअघि शिक्षा, स्वास्थ्य, पशु र कृषि शाखा भाडाका भवनमा सञ्चालन भएका थिए ।
पालिकाले वडा-वडामा सञ्चालनमा ल्याएका स्वास्थ्य केन्द्रलाई पनि केही समयमा आफ्नै भवनबाट सेवा दिने गरी पक्रिया अगाडि बढाएको नगरप्रमुख खड्काले बताए ।
सम्बन्धित









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया