क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा मोहन वैद्य सर्वसम्मत निर्वाचित

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा मोहन वैद्य किरण निर्वाचित भएका छन् ।
आइतबार कीर्तिपुरमा सम्पन्न एकता महाधिवेशनको हलले वैद्यलाई महासचिवमा सर्वसम्मत निर्वाचित गरेको हो । एकता महाधिवेशनले पहुपदीय व्यवस्था खारेज गरेपछि उनी फेरि महासचिवमा निर्वाचित भएका हुन् ।
वैद्यलाई सन्तबहादुर नेपालीले महासचिवमा प्रस्ताव गरेका थिए । हेमन्तप्रकाश ओलीले समर्थन गरेका थिए । हलले ताली पड्काएर अनुमोदन गरेको एक सदस्यले जानकारी दिए । वैद्य आगामी पाँच वर्षका लागि महासचिव बनेका हुन् । बन्दसत्रले ११७ सदस्यीय केन्द्रीय समिति रहने साङ्गठनिक प्रतिवेदन समेत पारित गरेको छ ।
केन्द्रीय समितिको एक तिहाइ पोलिटब्युरो, पोलिटब्युरोको एक तिहाइ स्थायी समिति रहने व्यवस्था गरेको छ । मङ्सिर १३ गतेदेखि २३ गतेसम्म भएको महाधिवेशनमा देशभरबाट ५५० प्रतिनिधि सहभागी भएका थिए ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया