भारतीय सेनाको गोली लागी ७ माओवादी विद्रोहीको मृत्यु

काठमाडौँ । भारतीय सेनाले बिहीबार सात जना माओवादी विद्रोहीलाई गोली हानेर मारेको छ ।
सेनाले छत्तीसगढ राज्यको बस्तर क्षेत्रको दुर्गम जङ्गलमा भएको झडपमा उनीहरूको मृत्यु भएको जनाएको छ । भएको थियो ।
लामो समयदेखि जारी सशस्त्र द्वन्द्वलाई दबाउन सुरक्षा बलले प्रयास तीव्र पारेपछि पछिल्ला केही महिनामा भारतमा नक्सलवादी आन्दोलनका नामले चिनिने माओवादी विद्रोहीले व्यापक क्षति ब्यहोर्नुपरेको छ ।
दशकौं लामो नक्सलवादी आन्दोलनका क्रममा १० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । नक्सलवादी समूहका अनुसार भारतको संसाधन–समृद्ध मध्य क्षेत्रका सीमान्तकृत आदिवासीहरूको अधिकारका लागि लडिरहेका छन् ।
हालैका वर्षहरूमा विद्रोह निकै खुम्चिएको छ र सुरक्षा बलको कारबाहीमा यस वर्ष २०० भन्दा बढी विद्रोही मारिएको सरकारी तथ्याङ्कले देखाएको छ ।
प्रहरी महानिरीक्षक पी सुन्दरराजले एएफपीसँग भने, “अहिलेसम्म नक्सलबादीे समूहको पोशाकमा रहेका सात जनाको शव फेला परेको छ । झडपमा थप व्यक्तिको पनि मृत्यु भएको अनुमान गरिएको छ । तर अन्य व्यक्तिको शब फेला प्ेको छैन ।”
भारतीय गृहमन्त्री अमित शाहले गत सेप्टेम्बरमा माओवादी विद्रोहीहरूलाई आत्मसमर्पण गर्न वा ‘चौतर्फी’ आक्रमणको सामना गर्न चेतावनी दिँदै सरकारले सन् २०२६ को सुरुसम्म विद्रोह अन्त्य गर्ने अपेक्षा गरेको बताएका थिए ।
सन् १९६७ मा सशस्त्र अभियान सुरु भएको जिल्लाको नामबाट नामाकरण गरिएका नक्सलवादीहरू चिनियाँ क्रान्तिकारी नेता माओत्सेतुङबाट प्रेरित भएको मानिन्छ ।
उनीहरूले स्थानीय बासिन्दाहरूका लागि भूमि, रोजगारी र यस क्षेत्रको अथाह प्राकृतिक स्रोतहरूको हिस्साको माग गरेका छन् र भारतको पूर्वी र दक्षिणका धेरै दुर्गम समुदायहरूमा आफ्नो छाप छोड्न सफल भएका छन् ।
सन् २००० को दशकको सुरुसम्म आन्दोलनले शक्ति र सङ्ख्या बढाएको पाइन्छ ।
नयाँ दिल्लीले ‘रेड करिडोर’ भनिने क्षेत्रमा विद्रोहीविरुद्ध दशौं हजार सुरक्षाकर्मी तैनाथ गरेपछि आन्दोलनले बिस्तारै आधार गुमाउन थालेको देखिन्छ । त्यसपछि अधिकारीहरूले स्थानीय पूर्वाधार र सामाजिक परियोजनामार्फत् उक्त षेत्रमा लाखौं डलर लगानी गरेका छन् ।
















दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
मनास्लु र बाल व्यवसायी फाइनलमा
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया