आइतबार, चैत ८, २०८२

श्रीलंकाका लागि राजदूतमा सिफारिस भएका नेपालीको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी दिन आह्वान

मेरोन्यूज २०८१ मंसिर २८ गते ८:२२

काठमाडौँ । संघीय संसद् सचिवालयले प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाका लागि आवासीय नेपाली राजदूतमा सिफारिस भएका पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

संसदीय सुनुवाइ समितिले आज एक सूचना जारी गर्दै राजदूत नियुक्तिका लागि सिफारिस भएका नेपालीलाई उक्त पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाणसहित १० दिनभित्रमा उजुरी दिन अनुरोध गरेको छ । 

समितिले उजुरी वा सूचना समितिको सचिवालय वा जिल्ला प्रशासन कार्यालयमार्फत पठाउन सकिने जनाएको छ ।

प्रतिक्रिया