भक्तपुर महोत्सव सुरु

भक्तपुर । आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाको आयोजनामा पाँच दिने भक्तपुर महोत्सव यहाँ सुरु भएको छ । नगरपालिकाले २६ वर्षअघि यस्तै महोत्सवका गरेको थियो ।
भक्तपुरका कला, संस्कृति, सम्पदा र मौलिक उत्पादन तथा जीवनशैलीबारे स्वदेशी र विदेशीलाई जानकारी गराउँदै यो पुरानो सहरलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न महोत्सव सहयोगी हुने विश्वास नगरप्रमुख सुनिल प्रजापतिले व्यक्त गरे ।
महोत्सवमा यहाँको ऐतिहासिक कला, संस्कृति, धार्मिक परम्परा झल्कने नृत्य, हस्तकला, घरेलु उद्योग, सीप, कला, खाद्य सामग्री, (बाँसुरी वादन प्रतियोगिता, भजन, नौबाजा, परम्परागत र आधुनिक सांस्कृतिक नाच), प्रदर्शनी ९ पौभा, तस्बिर, चित्रकला, छ्वालीकला प्रस्तुत गरिने छ ।
यसैगरी परम्परागत पोशाक, वाद्यवादन यन्त्र, जीवित कुमारी, दिपङ्कर बुद्ध, मृत्तिका कला प्रदर्शनी, बौद्ध प्रकाशन, कृषि उत्पादन, खाना महोत्सवलगायत गतिविधि हुनेछन् । भक्तपुर नगरलाई महोत्सवमय बनाउन नगरका ३२ स्थानमा प्रदर्शनी पनि हुनेछ ।














आन्तरिक सुरक्षा : स्थिरता, विश्वास र राष्ट्र सन्तुलनको आधार
पाकिस्तानको पञ्जाबमा ट्रक अनियन्त्रित भइ दुर्घटना हुँदा १४ जनाको मृत्यु
भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
आज २०८२ साल माघ १ गते बिहीवारको राशिफल
प्रतिक्रिया