श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ
मेरोन्यूज
२०८१ मंसिर २८ गते १५:४१

सुनसरी । श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
आफ्नै श्रीमती २८ वर्षीया सम्झना रसाईलीको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका-२ पुरानो बजार डेरा गरी बस्ने भोजपुर अरूण गाउँपालिका-६ जरायोटार घर भएका ३७ वर्षीय अमृत रसाईलीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अमृतले वादविवादको क्रममा खुकुरी प्रहार गर्दा सम्झनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित










हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्षकाे जेल सजाय
५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया