अवैध हातहतियार सहित एक जना पक्राउ, एक फरार
मेरोन्यूज
२०७८ वैशाख १० गते १२:५८

सर्लाही । प्रहरीले अवैध १ थान पेस्तोल, १ थान म्याग्जिन र गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले मेडइन युएसए लेखिएको १ थान पेस्तोल, सोको ४ राउण्ड गोली र १ थान म्याग्जिन सहित सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ का ३२ वर्षीय त्रिभुवन बैठालाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई ईश्वरपुर नगरपालिका–१२ कालिन्जोर चोकबाट बिहीबार साँझ पक्राउ गरेको हो ।
बीआर ३० जेड ६५४८ नम्बरको मोटरसाइकललाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय केशरगंज सर्लाहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक बैठालाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।
हाल फरार रहेका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ४० वर्षीय रामकेवल महतोको प्रहरीले खोजी गर्नाका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया