भारतमा नेपाली युवतीको सामुहीक बलात्कार पछि हत्या
तीन जना पक्राउ

दैलेख । भारतको गुजरात राज्यस्थित दानी लिम्दा, बहरामपुरमा बस्दै आएकी नेपाली युवतीको सामूहिक बलात्कारपछि हत्या भएको छ।
गुजरातको बहरामपुरमा मजदुरीका लागि भारत गएकी दैलेखकी २३ वर्षीया प्रतिक्षा गिरीको अपहरण गरेर सामूहिक बलात्कारपछि हत्या भएको हो।
गुजरात प्रहरीका अनुसार अपहरणपछि स्थानीय तीन युवाले लागूऔषध खुवाएर सामूहिक बलात्कारपछि हत्या गरेको आसंकामा घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको हो।
‘घटनामा राजु नाम गरेका स्थानीय युवा मुख्य आरोपी हुन्। दैलेख घर भएकी नेपाली युवती प्रतिक्षा गुजरातको अहमदावादमा पछिल्ल्लो एक वर्षदेखि रोजगारीको सिलसिलामा बसोवास गर्दै आएकी थिइन् ।’ गुजरात प्रहरीले भने ।
यस्तो छ घटनाक्रम
गत १९ अप्रिल अर्थात वैशाख ५ गते मजदुरीका लागि घरबाट निस्कीएकी गिरी राजु भन्ने युवाको घरमा २० अप्रिल अर्थात वैशाख ६ गतेको दिन मृत अवस्थामा भेदिएको हो ।परिवारमा श्रीमानसहित २ बच्चा भएकी प्रतिक्षालाई अपहरण गरी उनलाई जबरजस्ती लागूऔषध दिएर तिनै जना युवाले २४ घण्टा सम्म बन्धक बनाएर सामुहिक बलात्कारपछि हत्या गरिएको प्रहरी अनुशन्धानमा खुलेको छ ।
प्रहरीको ‘एक्सन’
नेपाली युवतीको हत्या भएको जानकारी प्राप्त हुनासाथ गुजरातका गृहमन्त्री प्रदीपसिंह जाडेजाले उक्त केसको जिम्मेवारी गुजरात क्राइम ब्रान्चलाई दिएका छन् । जिम्मेवारी पाएको गुजरात प्रहरीले केही घण्टाभित्रै घटनामा संलग्न भएको अभियोगमा राजुसहित ३ जना स्थानीय युवालाई हिरासतमा लिएको हो । हत्याको अभियोगमा पक्राउ परेका तिनै जनाले हत्या गरेको स्वीकार गरेका छन् ।
















सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण
व्यवसायी दीपक भट्ट पक्राउ
सिन्धुपाल्चोकमा वन डढेलो रोक्न अग्नि नियन्त्रण रेखा निर्माण गरिँदै
नातिकाजी स्मृति समाजले साङ्गीतिक क्षेत्रका हस्तीलाई पुरस्कृत गर्ने
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया