मुस्ताङमा आलु ‘जोन’

म्याग्दी । मुस्ताङका पाँच स्थानीय तहमा चालु आर्थिक वर्षदेखि आलुको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) सञ्चालन गरिएको छ । व्यावसायिक आलुखेती विस्तार, गुणस्तर सुधार, उत्पादन वृद्धि र बजारीकरणमा सघाउने उद्देश्यले जोन कार्यक्रम सञ्चालन गरिएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत यसअघि मुस्ताङमा स्याउ र च्याङ्ग्रा जोन कार्यक्रम सञ्चालन हुँदै आएको छ । म्याग्दी र मुस्ताङ कार्यक्षेत्र भएको परियोजनाको जोमसोमस्थित कार्यालयका प्रमुख भरतराज गौतमले आलु जोन कार्यक्रममा ७१ कृषि फार्म, समूह र सरकारी सूचीकृत भएका जानकारी दिए ।
कार्यक्रममार्फत आलुखेती गर्ने कृषकलाई मल, बीउ खरिद, साना सिँचाइ निर्माण, भण्डारण, बजारीकरणलगायत कामका लागि ५० देखि ८५ प्रतिशतसम्म अनुदान दिइने उनले बताए । आलु जोन कार्यक्रमका लागि चालु आवमा रु एक करोड १७ लाख बजेट प्राप्त भएको गौतमले जानकारी ए।
पाँच सय हेक्टर क्षेत्रफलमा आलु खेती गरेका कृषकहरूलाई जोन कार्यक्रममा समेटिएको छ । छनोट भएका कृषक समूह, सहकारी र फार्महरूसँग अनुदानका लागि सम्झौता गर्न थालिएको परियोजनाका प्रमुख गौतमले उल्लेख गरे ।
चार सय ५९ हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै आएको मुस्ताङमा यस वर्ष सात हजार ३१ मेट्रिक्टन उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । मुस्ताङमा स्थानीय कुफ्रिज्योति जातको आलुखेती हुन्छ ।
मुस्ताङमा उत्पादन भएको आलु म्याग्दी, बागलुङ, पोखरा, काठमाडौँ, चितवन, रुपन्देहीलगायत देशका विभिन्न सहरमा बिक्री हुने गर्दछ । चिसो हावापानीमा रासायनिक विषादी र मलको प्रयोगबिना प्राङ्गारिक विधिबाट उत्पादन भएको मुस्ताङको आलु स्वादिलो र पोषिलो मानिन्छ ।
















आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
आज चैत ८ गते आइतबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया