सोमबार, फागुन ११, २०८२

अक्सिजन सिलिन्डर आयातमा भन्सार छुट गर्न स्वास्थ्यले पठायो अर्थ मन्त्रालयमा प्रस्ताव

मेरोन्यूज २०७८ वैशाख १० गते १४:३०

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० हजार थान अक्सिजन सिलिन्डर आयातका लागि व्यवसायीलाई भन्सार छुट गरिदिन अर्थ मन्त्रालयमा सिफारिस पत्र पठाएको छ।
मन्त्रालयले अक्सिजन आयातकर्तासँगको छलफलपछि अक्सिजन सिलिन्डर आयातका लागि भन्सार छुट गरिदिन अर्थ मन्त्रालयलाई सिफारिस पत्र पठाएको हो।

Advertisement
nepal life insurencenepal life insurence

कोरोना संक्रमण तिव्र रुपमा बढेसँगै नेपालमा संक्रमतिको उपचारमा अक्सिजन अभाव हुने देखिएको छ। बिहीबार अक्सिजन सिलिण्डर आयातकर्ताले स्वास्थ्य मन्त्रालयलाई २० हजार थान अक्सिजन सिलिन्डर आयातमा भन्सार छुट गरिदिन प्रस्ताव राखेका थिए।

आयातकर्ताको प्रस्तावअनुसार स्वास्थ्य मन्त्रालयले अर्थलाई भन्सार छुट गर्न अर्थ मन्त्रालयलाई पत्राचार गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । उनले भने, ‘अक्सिजन आयातकर्ताले भन्सार छुट गरिदिए तत्काल अक्सिजन सिलिण्डर ल्याउन सक्छौं भनेपछि स्वास्थ्यले भन्सार छुट गरिदिन अर्थलाई सिफारिस गरेको हो।’

प्रतिक्रिया