गाजामा इजरायली आक्रमणमा १८ प्यालेस्टिनीको मृत्यु

काठमाडौँ। प्यालेस्टिनी क्षेत्रमा रातभर भएको इजरायली आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ। मृतकमध्ये चार जना विस्थापित व्यक्ति थिए। उनीहरूले टेन्टमा शरण लिएका थिए।
एजेन्सीका प्रवक्ता महमुद बासलले रातभर काम गरिरहेका उद्धारकर्ताहरूले १८ जनाको शव बरामद गरेको बताए। उनले गाजाभरि ‘निरन्तर आक्रमण र इजरायली हवाई र तोपखाना बमबारी’ मा दर्जनौँ अन्य घाइते भएको जानकारी दिए।
बासलका अनुसार मृतकहरूमा कम्तीमा तीन बालबालिका थिए। मध्य गाजा सहरको एउटा घरमा इजरायली हवाई आक्रमणमा चार जनाको मृत्यु भएको उनले बताए।
मध्य गाजाको दिर एल–बालाहमा दर्जनौँ विस्थापित मानिसलाई शरण दिँदै रहेको एउटा टेन्टमा इजरायली क्षेप्यास्त्र प्रहार हुँदा अन्य चार जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए।
एएफपीका तस्बिरहरूले गाजा सहरको अस्पतालबाट आफन्तहरूले आफ्ना प्रियजनहरूको शव निकाल्दा हृदयविदारक दृश्यहरू देखाएका छन् भने अन्य मारिएका कम्बलले ढाकिएको भुइँमा थिए।
दिर एल–बालाहका मेयर दियाब अल–जारोलाई शनिबार यही आक्रमणमा मारिएको बासलले बताए।
आइतबार सेनाले बेइट हानुन र बेइट लाहिया क्षेत्रमा आक्रमण गरेको पुष्टि गरेको थियो। ‘सेनाले हवाई र भूमि दुवैबाट दर्जनौँ आतंककारीहरूलाई निशाना बनाएको छ र बेइट हानुनमा थप आतंककारीहरू पक्राउ गरिएका छन्,’ इजरायली सेनाले भनेको छ, ‘बेइट लाहियामा सेनाले आतंककारीहरूलाई मार्यो र विस्फोटक तथा दर्जनौँ ग्रेनेडसहित ठूलो मात्रामा हतियार फेला पारी र विघटन ग¥यो।’
युद्धले गाजाका कूल २४ लाख जनसंख्यामध्ये बहुसंख्यकलाई विस्थापित गरेको छ। तीमध्ये धेरैजसोले एकपटक भन्दा बढी भाग्नुपरेको छ। इजरायली सेनाले आफ्नो उद्देश्य हमासका लडाकुहरूलाई पुनः समूहबद्ध हुनबाट रोक्नु हो भन्दै उत्तरी गाजामा धेरै हप्तादेखि व्यापक अभियान चलाइरहेको छ।
गाजाको नागरिक सुरक्षा एजेन्सीले उक्त कारबाहीमा सयौँको मृत्यु भएको रिपोर्ट गरेको छ भने इजरायली सेनाले दर्जनौँ लडाकू मारिएको बताएको छ।
गाजाका चिकित्सकहरूले चलिरहेको सैन्य आक्रमणको बीचमा अस्पतालहरूमा औषधिको गम्भीर अभाव रहेको रिपोर्ट गरेका छन्। लडाइँले चिकित्साकर्मीहरूमाझ पनि क्षति पु¥याएकाले स्वास्थ्य प्रणालीलाई थप तनावग्रस्त बनाएको छ।
‘हामी चिकित्साकर्मीहरूको अभावबाट पीडित छौँ, जुन निशाना बनाउने र धेरै संख्यामा चिकित्सक र नर्सहरूको मृत्युको परिणाम हो,’ उत्तरी गाजामा कमाल अदवान अस्पतालका निर्देशक होसाम अबु साफियेहले पत्रकारहरूलाई भने।
इजरायली हवाई आक्रमण र गोलाबारीले अस्पताल र वरपरका क्षेत्रहरूलाई लक्षित गर्न जारी राखेको र यसले संकटलाई बढाएको तथा बिरामी र कर्मचारी दुवैलाई जोखिममा पारेको उनले बताए।
इजरायली सेनाले अस्पताललाई सीधै निशाना बनाउने कुरालाई अस्वीकार गरेको छ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया