एनपीएल: आज सुदूरपश्चिम र कर्णाली भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणका खेलहरू आज सकिँदै छ । अन्तिम लिग खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने हुँदैछन् ।
खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहान ९ बजे सुरु हुनेछ । आजको खेलले प्लेअफमा पुग्ने चौथो टोलीको टुंगो लाग्नेछ ।जनकपुर बोल्ट्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स प्रतियोगिताको प्लेअफ चरणमा पुगिसकेका छन् । प्लेअफ चरणमा पुग्ने एउटा टोलीको टुंगो लाग्नमात्र बाँकी छ । अब कर्णाली याक्स र काठमाडौँ गुर्खाजमध्ये एउटा टोली प्लेअफ चरणमा पुग्नेछन् ।
हालसम्म ६ खेल खेलेको सुदूरपश्चिम रोयल्स १० अंकसहित तालिकाको पहिलो स्थानमा छ । सात खेलबाट १० अंक जोडेको जनकपुर बोल्ट्स दोस्रो स्थानमा आसिन छ । सात खेलबाट आठ अंक जोडेको चितवन राइनोज तेस्रो स्थानमा छ ।
यसैगरी, लिग चरणको अन्तिम एक खेल बाँकी रहँदा ६ खेलबाट आठ अंक जोडेको कर्णाली याक्स चौथो र सात खेलबाट आठ अंक बटुलेको काठमाडौँ गुर्खाज पाँचौँ स्थानमा आसिन छन् । यी दुईमध्ये एक प्लेअफ चरणमा पुग्ने अन्तिम टोली बन्नेछ ।
सात खेलबाट चार अंक जोडेको विराटनगर किङ्स (छैटौँ स्थान), समान खेलबाट समान अंक बटुलेको पोखरा एभेन्जर्स (सातौँ स्थान)र सात खेलबाट केवल दुई अंक हात पारेको लुम्बिनी लायन्स(आठौँ स्थान) भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् ।
हाल आठ-आठ अंक रहेका तीन टोलीमध्ये सबैभन्दा नराम्रो नेट रन रेट काठमाडौँ गुर्खाजको रहेको छ । चितवन राइनोजको नेट रन रेट ०.६३४ रहेको छ । कर्णाली याक्सको नेट रन रेट ०.०९५ छ । काठमाडौँ गुर्खाजको नेट रन रेट भने –०.३२१ रहेको छ ।









नबिल बैंक र नेपाल इन बिजनेसबीच एसएमई कर्जा प्रदानबारे सम्झौता
चितवनमा भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत सम्पन्न
सप्तकोशी सिमेन्टले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, बिक्रि प्रवन्धकमा सिद्धार्थ क्यापिटल
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकाेमा एशोसियसनको आपत्ति
इन्डोनेसियामा बाढीमा परी मृत्यु हुनेको संख्या ८४ पुग्यो
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया