सुदूरपश्चिमविरुद्ध सुरुमा ब्याटिङ गर्दै कर्णाली

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को अन्तिम लिग खेलमा सोमबार सुदूरपश्चिम रोएल्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले कर्णालीका कप्तान सोमपाल कामीलाई सुरुमा ब्याटिङको लागी दिएका छन्।
यो खेल सकिएसँगै लिगको प्लेअफ पुग्ने, प्लेअफ क्वालिफायर र एलिमिनेटर टिमको टुंगो लाग्ने भएकाे छ।सुदूरपश्चिम र कर्णालीको खेलसँगै प्लेअफ पुग्ने चार टोली र शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेले पछि एलिमिनेटर टिमको टुंगो लाग्नेछ।
जनकपुर, सुदूरपश्चिम र चितवनले प्लेअफ पुग्ने निश्चित भए पनि कर्णाली र काठमाडौंमध्ये कुन टिम प्लेअफमा पुग्ने भन्ने निश्चित भइसकेको छैन।अहिलेसम्मको तालिकामा सुदूरपश्चिम ६ खेल खेल्दा १० अंकका साथ शीर्ष स्थानमा छ। सात खेल खेलिसकेको जनकपुरकोसमेत १० अंक भए पनि रनरेटका आधारमा दोस्रो स्थानमा छ।
चितवन, कर्णाली र काठमाडौं गुर्खाजको समान ८ अंक छ। चितवन र काठमाडौंले सात खेल खेलिसकेका छन् भने कर्णाली आज अन्तिम खेल खेल्दैछ।
आजको खेल नतिजापछि कर्णाली याक्स र काठमाडौंमध्ये एक टिमले प्लेअफमा स्थान पक्का गर्नेछन्।
















‘सिलाम साक्मा’मा सजिएर बालेनको शपथ
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
जिबूती तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिदा नौ जनाको मृत्यु, ४५ बेपत्ता
१४ अंकले बढ्यो नेप्से, काराेबार रकम १३ अर्बमाथि
निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय : ओली
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया