शुक्रबार, वैशाख १९, २०८२

एकीकृत समाजवादीको निष्कर्ष : कुनै पनि पार्टीसँग एकताको सम्भावना छैन

मेरोन्यूज २०८१ पुष १ गते १८:५९

काठमाडौं । नेकपा एकीकृत समाजवादीले तत्काल कुनैपनि पार्टीसँग एकताको सम्भावना नरहेको निष्कर्ष निकालेको छ ।

पार्टीकाे स्थायी कमिटी बैठकले अहिले कुनै पार्टीसँग एकताको सम्भावना नरहेको निष्कर्ष निकालेको हो । ‘सबैसँग सहकार्य गर्न तयार छौं, तर कुनै पार्टीसँग एकता गर्ने संभावना नरहेको जानकारी गराउँछौ’, उपाध्यक्ष एवं प्रवक्ता जगन्नाथ खतिवडाले भने ।

भोलि सकिने स्थायी कमिटीले तत्काल कुनै पार्टीसँग एकता संभावना नरहेको निर्णय गर्ने खतिवडाले बताए।

प्रतिक्रिया