सन्तोषजनक भएन बैदेशिक लगानी

काठमाडौं । वैदेशिक लगानी नेपालमा सन्तोषजनक देखिएको छैन । राष्ट्र बैंकले जारी गरेको बिज्ञप्तिनुसार ठूला आयोजनामा लगानीका लागि लगानी बोर्ड प्रत्यक्ष देखिएपनि बोर्डमा २ खर्ब रुपैयाँको प्रतिबद्धता छ ।
यस्तै नेपालमा आएको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५१ द्यशमलब १ प्रतिशत सेवा क्षेत्रमा र ४८ दशमलब ८ प्रतिशत औद्योगिक क्षेत्रमा लगानी रहेको छ । सेवा क्षेत्रअन्र्तगत कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७ दशमलब ४ प्रतिशत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार औद्योगिक क्षेत्रअन्र्तगत उत्पादन क्षेत्रमा २८ दशमलब ६ प्रतिशत र जलविद्युत क्षेत्रमा २० प्रतिशत वैदेशिक लगानी छ । राष्ट्र बैंकले तयार पारेको बैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन अनुसार नेपालमा आर्थिक वर्ष २०७५÷७६ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८ दशमलब ८ प्रतिशतले कमी आई १ खर्ब ८२ अर्ब ९२ करोड कायम रहेको छ ।
कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ४८ दशमलब २ प्रतिशत, रिजर्भ ४२ दशमलब ८ प्रतिशत र कर्जाको अंश ९ प्रतिशत रहेको छ । रिजर्भको अंश २७ प्रतिशतले घटेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा कमी आएको राष्ट्र बैंकले जनाएको छ ।









जेनजी आन्दोलनले दीपकको सपनाको उडान रोकियो
म्याग्दीमा धान उत्पादन बढ्यो
नेक्सजेन म्यानेजमेन्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
जेनजी आन्दोलनका क्रममा आगजनी, तोफोड र लुटपाट गर्ने ४३ जना पक्राउ
सुशासन मार्फत् जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित छः मन्त्री घिसिङ
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
प्रतिक्रिया