एनपीएलको फाइनल पुग्न जनकपुरले सुदूरपश्चिमलाई दियो १४० रनको लक्ष्य
मेरोन्यूज
२०८१ पुष ३ गते १४:४१

काठमाडौं । नेपाल प्रिमियर लिगको फाइनलमा पुग्न सुदूरपश्चिम रोयल्सले १४० रनको लक्ष्य पाएको छ।
त्रिवि मैदान कीर्तिपुरमा बुधबार जारी खेलमा जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको हो।
जनकपुरका लागि जिमी नीशमले २३ बल खेल्दै तीन चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ४५ रन बनाए ।
त्यस्तै शुभ कंसाकारले २४ बलमा २६ रन जोडे । लाहिरु मिलन्था र हर्ष ठोकरले समान १२/१२ रन जोडे भने आसिफ शेख र अरनिको यादवले समान ११/११ रन बनाए ।
बलिङतर्फ सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए भने सैफ जैबले दुई विकेट लिए । त्यस्तै स्कट कुगेलेइन र अविनाश बोहराले समान एक–एक विकेट लिए । सुदुरपश्चिम अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।
सम्बन्धित









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
प्रतिक्रिया