शनिबार, चैत २१, २०८२

पूर्वपत्नी किरणबारे आमिर : ‘डिभाेर्स भएपनि हामी एकअर्कालाई धेरै माया गर्छौं’

मेरोन्यूज २०८१ पुष ३ गते १५:४८

काठमाडौं । आमिर खानले हालै पूर्व पत्नी किरण रावको बारेमा कुरा गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

बीबीसी न्यूज इन्डियालाई दिएको एक अन्तर्वार्तामा आमिरले किरण आफ्नो जीवनमा आएकोमा आफू निकै भाग्यमानी भएको बताए । ‘किरण मेरो जीवनमा आएकोमा म धेरै कृतज्ञ र भाग्यमानी महसुस गर्छु ।’ उनले भने ‘हामीले १६ सुन्दर वर्षहरू सँगै बिताएका छौं। उहाँबाट मैले धेरै कुरा सिक्न पाएको छु । उहाँ एक अद्भुत मानव हुनुहुन्छ। उत्कृष्ट निर्देशक पनि हुनुहुन्छ ।’

सम्बन्धविच्छेद भए पनि आपुहरबीच राम्रो सम्बन्ध रहेको आमिरले बताए । अभिनेताले भने– ‘उहाँ राम्रो मान्छे हाे र म त्यति नराम्रो पनि होइन । यस कारण हामी मिल्छौं। हामी एकअर्कालाई धेरै माया गर्छौं। एकअर्कालाई सम्मान गर्छौं। हाम्रो सम्बन्ध अलिकति परिवर्तन भएको हुनसक्छ, तर यसको मतलब यो होइन कि हामी एकअर्काको लागि जे महसुस गर्छौं, त्यो कम भएको छ।’

आमिर खान र किरण रावले विवाहको १६ वर्षपछि सन् २०२१ मा सम्बन्धविच्छेदको घोषणा गरेका थिए । उनीहरुको सन् २०११ मा सरोगेसी मार्फत जन्मिएको छोरा छ ।

प्रतिक्रिया