पूर्वपत्नी किरणबारे आमिर : ‘डिभाेर्स भएपनि हामी एकअर्कालाई धेरै माया गर्छौं’

काठमाडौं । आमिर खानले हालै पूर्व पत्नी किरण रावको बारेमा कुरा गरेका छन् ।
बीबीसी न्यूज इन्डियालाई दिएको एक अन्तर्वार्तामा आमिरले किरण आफ्नो जीवनमा आएकोमा आफू निकै भाग्यमानी भएको बताए । ‘किरण मेरो जीवनमा आएकोमा म धेरै कृतज्ञ र भाग्यमानी महसुस गर्छु ।’ उनले भने ‘हामीले १६ सुन्दर वर्षहरू सँगै बिताएका छौं। उहाँबाट मैले धेरै कुरा सिक्न पाएको छु । उहाँ एक अद्भुत मानव हुनुहुन्छ। उत्कृष्ट निर्देशक पनि हुनुहुन्छ ।’
सम्बन्धविच्छेद भए पनि आपुहरबीच राम्रो सम्बन्ध रहेको आमिरले बताए । अभिनेताले भने– ‘उहाँ राम्रो मान्छे हाे र म त्यति नराम्रो पनि होइन । यस कारण हामी मिल्छौं। हामी एकअर्कालाई धेरै माया गर्छौं। एकअर्कालाई सम्मान गर्छौं। हाम्रो सम्बन्ध अलिकति परिवर्तन भएको हुनसक्छ, तर यसको मतलब यो होइन कि हामी एकअर्काको लागि जे महसुस गर्छौं, त्यो कम भएको छ।’
आमिर खान र किरण रावले विवाहको १६ वर्षपछि सन् २०२१ मा सम्बन्धविच्छेदको घोषणा गरेका थिए । उनीहरुको सन् २०११ मा सरोगेसी मार्फत जन्मिएको छोरा छ ।














इरानमा विरोध प्रदर्शन : मृतकको संख्या २५ सय नाघ्याे
Trump calls on Tehran to show protesters humanity amid reports of rising death toll in crackdown
Over 20 killed in train accident at China-backed project in Thailand
सेयर बजारमा झिनो अंकको सुधार
सुमन सायमीको समूह नेकपामा समाहित
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया