मलावीमा चक्रवातका कारण मृत्यु हुनेको संख्या १३ पुग्यो, ४५ हजार भन्दाबढी प्रभावित
मेरोन्यूज
२०८१ पुष ३ गते १८:४२

मलावीमा आएको शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको संख्या १३ पुगेकाे छ । आइतबार र मंगलबारसम्म देशमा परेको भारी वर्षाका कारण ४५ हजार भन्दा बढी मानिस प्रभावित भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
विपद् व्यवस्थापन मामिला विभाग (डिओडीएमए) को आयुक्त चार्ल्स कालेम्बाले मंगलबार आँधीका कारण २९ जना घाइते भएको बताए ।
कालेम्बाले कूल प्रभावित घरपरिवारको संख्या १० हजार १५९ पुगेका र करिब ४५ हजार १६२ जना प्रभावित भएका बताए । यसमध्ये २२७ जना विस्थापित भएका छन् ।
डिओडीएमए विभिन्न मानवीय साझेदारहरूसँगको सहकार्यमा प्रभावित समुदायहरूलाई राहत सहायता प्रदान गर्दैछ ।
सम्बन्धित















यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया