शनिबार, चैत २१, २०८२

यी हुन् २०२४ मा सर्वाधिक रुचाइएका भारतीय हरर फिल्म

मेरोन्यूज २०८१ पुष ३ गते १९:३२

काठमाडाैं । सन् २०२४ सकिन अब केही दिन मात्रै बाँकी छ । यो वर्ष धेरै ठूला फिल्म रिलिज भए र दर्शकलाई भरपुर मनोरञ्जन दिए ।

Advertisement
nepal life insurencenepal life insurence

भारतमा याे वर्ष धेरै डरलाग्दा कमेडी हरर फिल्म आएका थिए, जसलाई दर्शकले निकै रुचाए । यो लिस्टमा कार्तिक आर्यन देखि श्रद्धा कपुरसम्मका फिल्महरु छन्।

यी हुन् यसवर्ष सर्वाधिक रुचाइएका हरर फिल्म :

स्त्री २
सबैभन्दा पहिले यो वर्षको ब्लकबस्टर फिल्म स्त्री २ को बारेमा कुरा गरौं। म्याडकको यो फिल्मलाई अमर कौशिकले निर्देशन गरेका हुन् । स्त्री २ २०१८ फिल्म स्त्री को दोस्रो भाग हो। यस फिल्ममा श्रद्धा कपुर, राजकुमार राव, अभिषेक बनर्जी, अपारशक्ति खुराना, पंकज त्रिपाठीले अभिनय गरेका छन् । स्त्री २ले यो वर्षको सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बनेर इतिहास समेत रचेको थियाे । फिल्ममा चंदेरीको डरलाग्दो कथा देखाइएको छ ।

भुल भुलैया ३
अनिज बज्मीको फिल्म भुल भुलैया ३ ले अहिले पनि दर्शकलाई हलसम्म खिचिरहेको छ । कार्तिक आर्यन, तृप्ति डिमरी, माधुरी दीक्षित र विद्या बालन स्टारर हरर कमेडी फिल्म भूल भुलैया ३ यस वर्षको दोस्रो सर्वाधिक कमाउने हिन्दी फिल्म बनेको छ । अनीस बज्मीले निर्देशन गरेको यो भुल भुलैयाको तेस्रो भाग हो। फिल्म जनवरी, २०२५ मा OTT मा स्ट्रिम हुनेछ।

मुन्जा
यसै वर्ष रिलिज भएकाे अर्काे हरर फिल्म मुन्जा कुनै पनि ठूला स्टार कास्टबिना १०० करोड क्लबमा सामेल हुने पहिलो फिल्म बनेको छ । अभय वर्मा, शर्वरी वाघ, मोना सिंह र सत्यराज जस्ता नयाँ कलाकारहरुको अभिनय रहेको फिल्मले कम बजेटको फिल्म भए पनि बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरेको छ ।

काकुडा
ककुडामा सोनाक्षी सिन्हा, रितेश देशमुख, साकिब सलीम, आसिफ खानको अभिनय रहेको छ । फिल्मले आफ्नो डरलाग्दो कथा र कमिक टाइमिङका कारण दर्शकमाझ चर्चा कमाएको थियो।

प्रतिक्रिया