माओजाम्बिकमा चक्रवातबाट मृत्यु हुनेको संख्या ४५ पुग्यो

मोजाम्बिकमा चक्रवात चिडोबाट मृत्यु हुनेको संख्या ११ ले बढेर ४५ पुगेको राष्ट्रिय जोखिम तथा विपद् व्यवस्थापन संस्थानले बुधबार घोषणा गरेको छ ।
मङ्गलबार जारी गरिएको प्रारम्भिक तथ्याङ्कले आइतबार मोजाम्बिकको उत्तरी काबो डेलगाडो प्रान्तमा अवतरण गरेपछि चक्रवातले ३४ जनाको ज्यान लिएको बताएको छ ।
अद्यावधिक गरिएको सङ्ख्यामा केन्द्रले काबो डेलगाडोमा ३८ जना, नाम्पुला प्रान्तमा चार जना र भित्री नियासामा थप तीन जनाको मृत्यु भएको बताएको छ । एकजना व्यक्ति बेपत्ता भएका छन् ।
चक्रवातले प्रतिघन्टा करिब २६० किलोमिटरका हावाका साथै २४ घन्टामा करिब २५० मिलिमिटर (१० इन्च) वर्षा ल्याएको थियो । करिब ५०० जना घाइते भएका छन् ।
चक्रवातबाट करिब २४ हजार घर पूर्ण रूपमा र अर्को १२ हजार तीन सय आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । कूल एक लाख ८१ हजारभन्दा बढी मानिस यस चक्रवातबाट प्रभावित भएका छन् ।
चिडोले नियमित रूपमा चक्रवातहरू आउने र सङ्घर्ष तथा विकासको कमीका कारण पहिले नै कमजोर अवस्थामा रहेको उत्तरी मोजाम्बिकको भागलाई प्रभावित गरेको छ ।
हिन्द महासागरको टापु मायोट्टेमा ठोक्किएपछि चक्रवात मोजाम्बिकमा अवतरण भयो । यसले यहाँ सयौँ र सम्भवतः हजारौँ मानिसहको ज्यान लिएको आशङ्का गरिएको छ।















यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया