आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्न विभिन्न देशका लागि नियुक्त नेपाली राजदूतहरुलाई अनुरोध गरेको छ ।
नेपाल चेम्बर अफ कमर्सले आज यहाँ आयोजना गरेको कार्यक्रममा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले देशमा वैदेशिक लगानी भित्र्याउन तथा निर्यात सहजीकरणका निम्ति आर्थिक कूटनीतिलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरे ।
मुलुकको दिगो आर्थिक विकासका लागि आर्थिक कूटनीति महत्वपूर्ण हुने उल्लेख गर्दै उनले यहाँ उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै पर्यटन, जलस्रोत, कृषि, भौतिक पूर्वाधारलगायत क्षेत्रमा विदेशी लगानी आवश्यक रहेको बताए ।
त्यस अवसरमा बेल्जियमका लागि नवनियुक्त राजदूत सेवा लम्साल, अष्टे«लियाका लागि चित्रलेखा यादव, डेनमार्कका लागि सुम्निमा तुलाधर, रुसका लागि डा जङ्गबहादुर चौहान, दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ठ, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, श्रीलङ्काका लागि डा पूर्णबहादुर नेपाली, मलेसियाका लागि डा नेत्रप्रसाद तिम्सिना र स्पेनका लागि सनील नेपालको उपस्थिति थियो ।















Fire destroys 330 hectares of forest in Jumla
जुम्लामा ३३०. २८ हेक्टरमा डढेलोबाट वन क्षति
निर्देशक तुलसी घिमिरेले तयार पारेकाे ‘पहाड’ मा नेपाली समाजको कथा
More than 6,700 tourists from third countries enter Nepal via Kakadbhitta
कालीमाटीमा मटरकोसा भाउ किलोको ५०,गोलभेँडाकाे ४५, अरु तरकारीको कति?
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
प्रतिक्रिया