चलचित्र ‘द्रौपदी’ चैतमा
मेरोन्यूज
२०८१ पुष ४ गते ८:०४

काठमाडौँ । केन्द्रीय चलचित्र जाँच समितिका सदस्य ऋषि आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘द्रौपदी’ आउँदो चैतमा प्रदर्शन हुने भएको छ । निर्देशक आचार्यले डोल्पाको से फोक्सुन्डोलगायत विभिन्न रमणीयस्थलहरुमा छायाङ्कन गरिएको जानकारी दिए ।
उनले भने, “यो नाम धार्मिक सुनिए पनि यो महाभारतको पात्र नभई हाम्रो गाउँ र परिवेशकै एक महिला पात्रको कथा हो । यसमा हाम्रो कथासँगै हाम्रै रमणीय र पर्यटकीयस्थललाई देख्न पाउनुहुनेछ ।” निर्देशक आचार्यले नेपालीपन भएको आभास गराउने ‘द्रौपदी’ एक पृथक कथा रहेको बताए ।
यस चलचित्रमा आश्विनी शाही, रवि ओड, जेल्सन अधिकारी, सुजाता तिमल्सिनाका साथमा निर्देशक आचार्यको अभिनय रहेको छ । आरवी मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रमा सौरभ शर्मा बस्यालले पाश्र्वसङ्गीत, अनिल महर्जनले सम्भायन र मोहनकुमार झिल्लुले छायाङ्कन गरेका छन् ।
सम्बन्धित
















इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ अब नेपालमा
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
प्रतिक्रिया