कमल बिरही थापाको ‘सुनतारा’ बजारमा

काठमाडौं । लोकदेउडा गायक कमल बिरही थापाले देउडा गीत सुनतारा बजारमा ल्यायाका छन्। इजू, उडिगै डालिका मैना, चिना हरायाको मान्छे, निलकमल फुल्यो जस्ता थुप्रै चर्चित गीत बजारमा ल्याइसकेका थापाले नयाँ सांगीतिक कोसेली बजारमा ल्याएका हुन्।
उनले गीत आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेका छन्। रेस विसीको निर्देशन र जानकी थापा मगरको निर्माणमा बनेको गीतमा थापालाई तुलसी घर्ती मगरले स्वरमा साथ दिएकी छन्।
अभिनयमा रेस विसी, निरुता विष्ट र गोपाल चौलागाईंको छन्। संगीत संयोजन तेजेन्द्र गुरुङको र क्यामरासँगै भिडियो सम्पादन कमल सुनारको छ।
थापा देउडा क्षेत्रका पुराना गायक हुन्। आजभोली उनी जिविकोपार्जनका लागि दक्षिण कोरिया छन्। परदेश भए पनि उनले नेपाली गीत/संगीतखी भुलेका छैनन्। परदेशैबाट पनि उनी सांगीतिक क्षेत्रमा सकेको योगदान पुर्याइरहेका हुन्छन्। उनले आगामी दिनमा पनि गीत बजारमा ल्याउन्या सोच रहेको बताए।
















प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रमा कर्मचारी जोखिममा
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया