सडक खन्दा ढुङ्गा लागेर एक जनाको मृत्यु
मेरोन्यूज
२०७८ वैशाख १० गते १७:५९

डोटी । सडक खन्ने क्रममा खसेको ढुङ्गा लागेर आज डोटीमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार ढुङ्गा लागेर मृत्यु हुनेमा जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–६ रौकल्लाका ४५ वर्षीय नरी साउद रहेका छन् ।
खातिवडा–चिचकाट्टे–दल्लेख सडक निर्माणका क्रममा सुप्रप ०१००१ क १५३६ नम्बरको जेसिबीले सडक खन्ने क्रममा खसेको ढुङ्गा लागेर साउदको घटनास्थलमै ज्यान गएको हो । जेसिबिका चालक कैलालीको गोदावरी नगरपालिका अत्तरीयाका २२ वर्षीय शेर जोरालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविन चन्दले जानकारी दिए ।
–––रासस
सम्बन्धित









यस्तो छ सरकार-जेनजी सम्झौता (पूर्णपाठ)
सरकार र जेनजीबिच दश बुँदे सम्झौता ( बुँदासहित )
खैरो हिरोइनसहित आठ जना पक्राउ
मोरक्कोमा भवन भत्किँदा १९ जनाको मृत्यु, उद्धार कार्य तीव्र
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
राप्रपाले बाेलायाे केन्द्रीय कार्यसमितिको बैठक
ईश्वर पोखरेलले पार्टीलाई बुझाएको अवधारणापत्रमा के छ ? (पूर्णपाठ)
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता
प्रतिक्रिया