सुर्खेतमा कोइला बालेर सुत्दा निसास्सिएर आमा-छोराको मृत्यु, छोरी घाइते

काठमाडौँ । अत्यधिक जाडोका कारण कोठामा आगोको कोइला राखेर सुत्दा निसास्सिएर आमा-छोराको मृत्यु भएको छ भने छोरी गम्भीर घाइते भएकी छन् ।
मृत्यु हुनेमा ३० वर्षीया देवीसरा थापा घर्ती र उनका ६ वर्षीय छोरा रियान घर्ती रहेका छन् । ९ वर्षीया छोरी रिया घर्तीको प्रदेश अस्पताल सुर्खेतको उपचार कक्षमा उपचार भइरहेको छ।
बुधबार राति खाना खाएर सुतेका तीन जना बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले ढोका फोडेर उद्दार गर्दा उनीहरू अर्धचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले बताए ।
उनका अनुसार तत्कालै अस्पताल पुर्याइए पनि चिकित्सकले आमा र छोरालाई मृत घोषणा गरेको जानकारी दिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले कोठामा झ्याल बन्द रहेको र तसलामा कोईला बलिरहेको अवस्थामा फेला परेको जनाएको छ। कोठामा भरिएको कार्बनमोनोअक्साइड ग्यासले अक्सिजनको मात्रा घटाएपछि निस्सासिएर उनीहरूको मृत्यु भएको पुष्टि भएको छ ।














शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति
कर छुटको सुविधा चैत मसान्तसम्म
निर्वाचन आयोग पुग्यो सभापति गगन थापाको टोली
यस्ता छन् गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय
पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजार बढीले गरे भ्रमण
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया