सुर्खेतमा कोइला बालेर सुत्दा निसास्सिएर आमा-छोराको मृत्यु, छोरी घाइते

काठमाडौँ । अत्यधिक जाडोका कारण कोठामा आगोको कोइला राखेर सुत्दा निसास्सिएर आमा-छोराको मृत्यु भएको छ भने छोरी गम्भीर घाइते भएकी छन् ।
मृत्यु हुनेमा ३० वर्षीया देवीसरा थापा घर्ती र उनका ६ वर्षीय छोरा रियान घर्ती रहेका छन् । ९ वर्षीया छोरी रिया घर्तीको प्रदेश अस्पताल सुर्खेतको उपचार कक्षमा उपचार भइरहेको छ।
बुधबार राति खाना खाएर सुतेका तीन जना बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले ढोका फोडेर उद्दार गर्दा उनीहरू अर्धचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले बताए ।
उनका अनुसार तत्कालै अस्पताल पुर्याइए पनि चिकित्सकले आमा र छोरालाई मृत घोषणा गरेको जानकारी दिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले कोठामा झ्याल बन्द रहेको र तसलामा कोईला बलिरहेको अवस्थामा फेला परेको जनाएको छ। कोठामा भरिएको कार्बनमोनोअक्साइड ग्यासले अक्सिजनको मात्रा घटाएपछि निस्सासिएर उनीहरूको मृत्यु भएको पुष्टि भएको छ ।
















प्रधानमन्त्री कप क्रिकेटः एपीएफको विजयी सुरुवात
राप्रपाको निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्यो उपग्रह तस्बिर
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
रवि लामिछानेकाे मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
प्रतिक्रिया