कोरोना महामारीका कारण ग्यास आपूर्तिमा असहज अवस्था आउन सक्ने भन्दै खाली सिलिण्डर भर्न उद्योगीको आग्रह
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले कोरोना महाकारीका कारण आपूर्ति व्यवस्थामा असहज स्थिति आउन सक्ने भन्दै खाली रहेका सिलिण्डर भर्न उपभोक्तालाई आग्रह गरेको छ । संघले आज एक सूचना जारी गर्दै उक्त आग्रह गरेको हो । महामारीको समयमा उपभोक्ताले ग्यासको अभाव भोग्नु नपरोस् भनेर पहिलेनै सूचित गराइएको संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।
छिमेकी भारतलगायत नेपालमा पनि कोरोनाको दोस्रो लहर फैलिएको छ । यसबाट दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या आउन सक्ने अनुमान गरिएको छ । नेपाल आयल निगमले पनि ग्यासको अभाव हुन नदिनेतर्फ सचेत गराउँदै भण्डारण क्षमताअनुसार मौज्दात राख्न ग्यास उद्योगीलाई पत्र लेखेकोे छ ।
गतवर्ष कोरोना भाइरस नियन्त्रण गर्न सरकारले आकस्मिक रुपमा ‘लकडाउन’ गरेसँगै ग्यासको हाहाकार मच्चिएको थियो । आपूर्ति नियमित हुँदा पनि उपभोक्ताले एकैपटक खाली सिलिण्डर भर्न खोज्दा केही दिन वितरणमा समस्या देखिएको थियो । त्यतिबेला निगमको सहयोग र उद्योगीको समन्वयबाट ग्यास वितरणमा देखिएको समस्या समाधान गरिएको थियो ।
“विगतको जस्तै समस्या आम उपभोक्ताले व्यहोर्नु नपरोस् भनेर यसपटक बेलैमा सचेत गराइएको हो”, अध्यक्ष भण्डारीले भने । अहिले ग्यास आपूर्तिमा कुनै समस्या नरहेको पनि उनले बताए ।
हाल नेपालभर दैनिक एक लाख सिलिण्डर ग्यासको माग रहेको छ । ग्यास उद्योगीसँग १५ हजार मेट्रिकटन एलपी ग्यास भण्डारण क्षमता रहेको छ । उद्योगीसँग कुल भण्डारणको ८० प्रतिशत एलपी ग्यासको मौज्दात रहेको अध्यक्ष भण्डारीले जानकारी दिए ।










म्याग्दीमा धान उत्पादन बढ्यो
नेक्सजेन म्यानेजमेन्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
जेनजी आन्दोलनका क्रममा आगजनी, तोफोड र लुटपाट गर्ने ४३ जना पक्राउ
सुशासन मार्फत् जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित छः मन्त्री घिसिङ
झापामा तीन सयभन्दा बढी बालबालिकामा अटिजम
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया