‘युक्रेनको राजधानीमा भयानक विस्फोट’

काठमाडौँ । युक्रेनको राजधानी किएभमा शुक्रबार बिहान शृङ्खलाबद्ध विस्फोटको आवाज सुनिएको र शहरको केही भागमा धुवाँ उडिरहेको देखिएको एएफपीका स्थानीय कर्मचारीले बताएका छन् ।
युक्रेनको वायु सेनाले एक टेलिग्राम सन्देशमा ‘उत्तरबाट ब्यालेस्टिक क्षेप्यास्त्र’ आएको भनी चेतावनी दिएको छ। रूसले युक्रेनमा आक्रमण गरेको लगभग तीन वर्षपछि राजधानी किएभमा भयानक आवाजसहित विष्फोट भएको हो । यसबाट के कति क्षति भयो समाचार तयार पार्दासम्म थाहा हुन सकेको छैन ।
अधिकारीहरूले दक्षिणी बन्दरगाह शहर खेरसनमा पनि क्षेप्यास्त्र आक्रमण भएको बताएका छन्, जहाँ एक व्यक्तिको मृत्यु भएको छ र छ जना घाइते भएका छन्।
मस्कोको सेना रुससँग सीमा जोडिएको खार्किभ क्षेत्रमा अघि बढिरहेको छ र युद्धको पहिलो वर्षमा कब्जा गरिएको कुपियान्स्क शहरलाई पुनः कब्जा गर्ने लक्ष्य राखेको छ।
युक्रेनले सेप्टेम्बर २०२२ मा यसलाई पुनः कब्जामा लिएको थियो जसमा युक्रेनी सेनाले खार्किभ क्षेत्रको ठूलो भूभाग पुनः प्राप्त गरेको थियो।
यसैबीच, रूसी अधिकारीहरूले किएभमा भएको पछिल्लो आक्रमण पश्चिमी राष्ट्रद्वारा युक्रेनलाई सहयोग गरिएका र रूसविरूद्धको आक्रमणमा प्रयोग गरिएको बदलामा भएको दाबी गरेका छन् ।













आजका लागि कृषिउपजको थोक मूल्य: मूल्यगोलभेँडा प्रतिकिलो रु ११०,प्याज प्रतिकिलो रु ५५
आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस
आजकाे माैसम : तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना
नयाँ वर्ष सन् २०२६ सुरु
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया