काठमाडौंसहित विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला
मेरोन्यूज
२०८१ पुष ७ गते १९:०९

काठमाडौं । काठमाडौंसहित देशका विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-१५ सिद्धिचरण गल्ली डेरा गरी बस्ने उदयपुर मजुवा घर भएका २९ वर्षीय अर्जुन माझी आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
यस्तै सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका-७ पतिङस्थित आमाशाङ सामुदायिक वनमा नुवाकोट दुप्चेश्वर गाउँपालिका-४ गोल्फुभञ्ज्याङ घर भएका ८१ वर्षीय लवन सिंह तामाङ आइतबार मृत अवस्थामा फेला परेका छन् ।
बागलुङ, गलकोट नगरपालिका-९ काडेबासस्थित दरम खोलामा सोही नगरपालिका-११ मझुवा बस्ने ३९ वर्षीय नविन बस्याल आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित












भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
उम्मेदवारको प्रस्तावित सूचीबाट आफ्नो नाम हटाउन कांग्रेस नेता खड्काकोआग्रह
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया