बिहीबार, माघ १, २०८२

भक्तपुरको बालकोटमा बाबु–छोरा मृत भेटिए, हत्याको आशंका

मेरोन्यूज २०८१ पुष ८ गते १३:४९

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित बालकोटको एकघरमा बाबुछोरा मृत भेटिएका छन् ।  उनीहरूको हत्या भएको आशंका गरिएको छ ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका घर भई सूर्यविनायक नगरपालिका-२ बालकोट बस्दै आएका ५६ वर्षका कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविन आचार्य मृत फेला परेका हुन्।

बाहिरबाट चाबी लगाएको अवस्थामा कोठाभित्रै सोमबार बिहान उनीहरुको शव फेला परेको हो।

मृतक दुवैको शरीरमा चोट देखिएको छ। उनीहरुसँगै बस्दै आएका कुलप्रसादका जेठा छोरा भने सम्पर्कबिहीन छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया