धनगढी–दिपायल सडकमा पुल निर्माणमा बजेट अभाव

गोदावरी (कैलाली) । धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा निर्माणाधीन आठ पुलको काम प्रभावित भएको छ । धनगढी–खुटिया–दिपायल द्रुतमार्ग आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाका अनुसार बजेट अभावमा सो सडकका कैलाली र डोटीका आठ स्थानमा निर्माणाधीन पुलको काम प्रभावित भएको हो ।
उक्त सडक आयोजना कार्यालयले तीन वर्षअघि २०७८ माघमा छवटा र २०७९ जेठमा दुई गरी आठ पुल निर्माणका लागि रु २८ करोड ७५ लाखमा ठेक्का लगाएको थियो । पर्याप्त बजेट विनियोजन नहुँदा पुल निर्माणको कामले गति लिन नसकेको इन्जिनियर रैखोलाले जानकारी दिए।
आयोजना कार्यालयले दिएको जानकारीअनुसार चप्टे नदीमा पुल निर्माण गर्न रु दुई करोड ९७ लाख, मटेलीमा रु तीन करोड २६ लाख र चौकीगडा पुलका लागि रु चार करोड ७० लाखमा तथा सलेनामा सालाकोट पुल निर्माण गर्न रु तीन करोड ५१ लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।
यसैगरी, कालाखोल–लामगाडा पुल रु चार करोड पाँच लाख, नकुराडी खोलाको पुल रु तीन करोड ८२ लाख, कैलालीको हाटखोली र ग्वासी खोलामा बन्ने पुलका लागि क्रमशः रु पाँच करोड १९ लाख तथा चार करोड ५० लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको इन्जिनियर रैखोलाले बताए।
आठवटै पुलका निर्माणका लागि गत आर्थिक वर्ष २०८०/८१ मा रु ४०/४० लाखका दरले बजेट विनियोजन गरिएको थियो भने चालु आर्थिक वर्ष २०८१/८२ मा रु ८०/८० लाखका दरले प्रतिपुल निर्माण गर्न बजेट विनियोजन गरिएको उनले जानकारी दिए। धनगढीदेखि बझाङको थलारासम्मको एक सय ८६ किलोमिटर सडकमा २३ किलोमिटर सडक कालोपत्र भएको छ भने ३६ किलोमिटर सडक कालोपत्र गर्न तीन खण्डमा ठेक्का लगाइएको सडक आयोजना कार्यालयले जनाएको छ ।
















वर्षाका कारण बुटवल-नारायणगढ सडक अवरुद्ध
अमेरिकाले इरानी तेलमा लगाइएको प्रतिबन्ध हटायाे
चीन सरकारले नेपालमा सङ्घीयसंसद् निर्वाचन सम्पन्न भएकामा बधाई ज्ञापन
Eid al-Fitr enriches sense of mutual harmony and unity-PM Karki
BP Highway obstructed; vehicles put on hold
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया