धनगढी–दिपायल सडकमा पुल निर्माणमा बजेट अभाव

गोदावरी (कैलाली) । धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा निर्माणाधीन आठ पुलको काम प्रभावित भएको छ । धनगढी–खुटिया–दिपायल द्रुतमार्ग आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाका अनुसार बजेट अभावमा सो सडकका कैलाली र डोटीका आठ स्थानमा निर्माणाधीन पुलको काम प्रभावित भएको हो ।
उक्त सडक आयोजना कार्यालयले तीन वर्षअघि २०७८ माघमा छवटा र २०७९ जेठमा दुई गरी आठ पुल निर्माणका लागि रु २८ करोड ७५ लाखमा ठेक्का लगाएको थियो । पर्याप्त बजेट विनियोजन नहुँदा पुल निर्माणको कामले गति लिन नसकेको इन्जिनियर रैखोलाले जानकारी दिए।
आयोजना कार्यालयले दिएको जानकारीअनुसार चप्टे नदीमा पुल निर्माण गर्न रु दुई करोड ९७ लाख, मटेलीमा रु तीन करोड २६ लाख र चौकीगडा पुलका लागि रु चार करोड ७० लाखमा तथा सलेनामा सालाकोट पुल निर्माण गर्न रु तीन करोड ५१ लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।
यसैगरी, कालाखोल–लामगाडा पुल रु चार करोड पाँच लाख, नकुराडी खोलाको पुल रु तीन करोड ८२ लाख, कैलालीको हाटखोली र ग्वासी खोलामा बन्ने पुलका लागि क्रमशः रु पाँच करोड १९ लाख तथा चार करोड ५० लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको इन्जिनियर रैखोलाले बताए।
आठवटै पुलका निर्माणका लागि गत आर्थिक वर्ष २०८०/८१ मा रु ४०/४० लाखका दरले बजेट विनियोजन गरिएको थियो भने चालु आर्थिक वर्ष २०८१/८२ मा रु ८०/८० लाखका दरले प्रतिपुल निर्माण गर्न बजेट विनियोजन गरिएको उनले जानकारी दिए। धनगढीदेखि बझाङको थलारासम्मको एक सय ८६ किलोमिटर सडकमा २३ किलोमिटर सडक कालोपत्र भएको छ भने ३६ किलोमिटर सडक कालोपत्र गर्न तीन खण्डमा ठेक्का लगाइएको सडक आयोजना कार्यालयले जनाएको छ ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
प्रतिक्रिया