मलाई एटीएम कार्ड प्रयाेग गर्न आउँदैन, पैसा चाहिए श्रीमतिसँग माग्छु : अमिताभ बच्चन

काठमाडाैं। बलिउड अभिनेता अमिताभ बच्चन यतिबेला आफ्नो शो ‘कौन बनेगा करोडपति सिजन- १६’ लाई लिएर चर्चामा छन्।
हालै साे हाेस्ट गर्ने क्रममा अभिनेताले पत्नि जया बच्चनसँग जोडिएको एउटा घटना सेयर गरेका छन् । उनले आफूलाई एटीएम कार्ड चलाउन नआउने र नगद पनि आफू नराख्ने गरेकाे खुलासा गरेका छन् ।
यस एपिसोडमा ‘इन्डिया च्यालेन्जर वीक’की प्रतियोगी प्रियंका हट सिटमा बसेकी थिइन् । कार्यक्रममा उनले अमिताभलाई धेरै रोचक प्रश्न सोधिन् । प्रियंकाले सोधिन्, ‘तपाईंले कहिल्यै एटीएमबाट पैसा निकालेर आफ्नो ब्यालेन्स चेक गर्नुभएको छ ? यस प्रश्नको जवाफमा अमिताभले मुस्कुराउँदै भने- ‘म न त एटीएम गएकाे छुँ, न त नगद साथमा राखेकाे छुँ, किनकी एटीएम कसरी चलाउने थाहा छैन । तर जया जीसँग सधैं नगद हुन्छ, त्यसैले म उहाँसँग माग्छु।’
यस कुराकानीमा प्रियंकाले अर्को प्रश्न गरिन्, ‘जब म अफिसबाट घर जान्छु, आमाले धनिया वा केही ल्याउन भन्नुहुन्छ ? जया म्याडमले पनि यसरी भन्नुहुन्छ ? अमिताभले हाँस्दै भने, ‘पक्कै पनि उनी भन्छिन्।’










भक्तपुरमा थपिए १३ हजार ५७६ मतदाता
भारतका सुक्खा प्रभावित गाउँमा बालिकाहरूको शिक्षा गम्भीर संकटमा
दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी
चितवनविरुद्ध पहिला ब्याटिङ गर्दै कर्णाली
आहा ! फुङ्फुङ्गे झरना
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा
प्रतिक्रिया