“कृतिमतामा बाँचेको प्रेम”
मेरोन्यूज
२०८१ पुष १३ गते ८:२८

काठमाडौं, पुस १३।
खै !
प्रेमको परिभाषासमेत
फेरिन थालेछ कि ?
अचेल
पहिले माया साट्न आउँथे
जीवनभरी साथ दिने
सँगै मर्ने सँगै बाँच्ने
बाचा कसम खाने गर्थे ………..
..
..
..
तर !
अहिले ……..
माया साट्न हैन
शरीर साट्न आउँछन्
सायद
अनि जीवनभरी दाग
दिएर जान्छन् …………
..
..
..
अचेल !
न त नारी
संयमित देखिन्छन
न त पुरुष नै मर्यादित
आखिर
प्रेमलाई अचेल
माया र बन्धनको कसिलो डोरी हैन
खहरे खोला सम्झिन्छन्
मान्छेहरू
त्यही खहरे खोलामा
डुबुल्की मारेर जान्छन्
अनि आफू
चोखिएको सम्झिन्छन्
सायद
माया, प्रेम र भावनाभन्दा
कृतिमतामा
बाँच्न सिकेका छन् अचेल……..
(सी.जी. “निर्मलश्री” टीकापुर, कैलाली हाल : काठमाडौं)
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया