‘रोमियो एण्ड जुलियट’की नायिका ओलिवियाको निधन

काठमाडौँ । विश्व चर्चित फिल्म ‘रोमियो एन्ड जुलियट’ की नायिकाको निधन भएको छ ।
सन् १९६८ मा चर्चित फिल्म ‘रोमियो एण्ड जुलियट’ मा आफ्नो भूमिकाका लागि किशोरावस्थामा नै अन्तर्राष्ट्रिय चर्चामा आएकी अभिनेत्री ओलिविया हसीको ७३ वर्षको उमेरमा निधन भएको हो ।
लन्डनमा हुर्केकी अर्जेन्टिनामा जन्मेकी अभिनेत्रीको आफ्ना प्रियजनहरूलाइ छाडेर स्वर्ग प्रवेश गरेकी हुन । उनको मृत्यु भएको उनको इन्स्टाग्राममार्फत विश्वलाइ जानकारी दिइएको थियो ।
हसीले जुलियटको भूमिकाको लागि उत्कृष्ट नयाँ अभिनेत्री गोल्डेन ग्लोब जितेकी थिइन । तर दशकौं पछि उनले प्यारामाउन्ट पिक्चर्सलाई यौन दुर्व्यवहार गरेको भन्दै मुद्दा हालेर झन बढी चर्चित भएकी थिइन । किनभने उनले फिल्मको नग्न दृश्य दिइएकी थिइन, जो दृश्य खिच्दा उनी केवल १५ वर्षकी किशोरी मात्रै थिइन्र ।
उनको अर्को सबैभन्दा उल्लेखनीय स्क्रिन भूमिका १९७७ मा टिभी मिनि सिरीज ‘येशू अफ नाजरथ’ मा मेरीको भुमिकामा देखा परेकी थिइन, जो जिससकी आमाको रूप हो ।
उनको निधन बाेर जानकारी दिने विज्ञप्तिमा भनिएको छ, ‘हामीले यो अपार क्षतिमा शोक व्यक्त गर्दै हामी हाम्रो जीवन र उद्योगमा ओलिभियाको स्थायी शोक मनाउन विवश छौं ।’
हसीको जन्म अर्जेन्टिनाको ब्यूनस आयर्समा १९५१ मा भएको थियो । सात वर्षको उमेरमा उनी लन्डन गएकी थिइन र त्यसपछि उनले इटालिया कोन्टी एकेडेमी ड्रामा स्कूलमा अध्ययन गरेकी थिइन् ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया