गुलरियामा सिँचाइ सुविधा पुर्याउन नहर निर्माण गरिँदै

गुलरिया (बर्दिया) । बर्दियाको गुलरिया नगरपालिकाको ६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउन नहर निर्माण गर्न थालिएको छ। बबई सिँचाइ आयोजनाअन्तर्गत पश्चिमी नहर सदरमुकामसम्म पुर्याउने आयोजनाको लक्ष्य छ।
गुलरिया नगरपालिका–१ र ३ को सिमाना निमकोठियाबाट चार किलोमिटर लामो नहर निर्माण गर्न लागिएको बबई सिँचाइ आयोजनाका प्रमुख सुशीलचन्द देवकोटाले बताए। वि.सं. २०४५ देखि सुरू भएको सो आयोजनाले २०८३ सालसम्म बर्दियाका ६ पालिकाको ३६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ।
गुलरिया नगरपालिकाअन्तर्गत ६ हजार हेक्टर भूमि सिँचाइ गर्न आज नहर शिलान्यास गरिएको छ। गुलरियाका किसान आकासेपानीको भरमा खेती गर्नुपर्ने पीडाबाट अबको तीन वर्षपछि मुक्त हुने प्रमुख देवकोटाले बताए। ‘किसानले लगाएको बालीबाट अब कम खर्चमा उब्जनी बढ्ने छ’, उनले भने।
सदरमुकाम गुलरियासम्म पुर्याउने मूलनहर चार किलोमिटर र शाखा नहर ११ किलोमिटर निर्माण गर्न ८३ करोड बजेट छ। नगरक्षेत्रमा नहर निर्माण हुने भएपछि गुलरियाका किसान खुसी भएका छन्। नदीको पानी खेतखेतमा पुगेपछि पर्याप्त उब्जनी हुने र सिँचाइमा हुने लगानी घट्ने गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादव बताउँछन्।
नहर शिलान्यास गर्दै उहाँले पानीको उचित व्यवस्थापन गर्न आयोजनासँग आग्रह गरे। यसअघि सिँचाइ सुविधा नहुँदा गुलरियाका किसान महँगो शुल्क तिरेर सिँचाइ गर्दै आएका थिए। बबई सिँचाइ आयोजनाले ३४ किलोमिटर पूर्वी मूल नहर र ४१ किलोमिटर पश्चिमी नहर निर्माण गर्ने लक्ष्य लिएको छ।
















नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
शरीरमा भिटामिन डी को कमी हुँन नदिन यस्ता घरेलु उपाय अपनाउनुहाेस्
विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार
मतदाताको गोपनीयता भङ्ग नगर्न प्रशासनको आग्रह
मुस्ताङका उम्मेदवार गुनासो गर्दछन् , ‘मतदाता को कहाँ बस्छन् भनेर पोखरा, काठमाडौ खोज्दै हिँड्नु परेको छ ’
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
प्रतिक्रिया