शनिबार कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभर दुई हजार ६१९ जनामा कोरोना पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९७ हजार ७८ पुगेको छ। हालसविभिन्न अस्पताल तथा आईसोलेसनमा १६ हजार ८ सय २८ जना सक्रिय संक्रमित उपचाररत रहेका स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?
प्रदेश १ को इलाममा १, उदयपुरमा १, खोटाङमा २, झापामा २, पाँचथरमा १, भोजपुरमा १, मोरङमा ३९, संखुवासभामा ८ र सुनसरीमा १९ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को धनुषामा ८, पर्सा ६८, बारामा १८, महोत्तरीमा ४, रौतहटमा २५, सप्तरीमा ३ र सर्लाहीमा २ जनामा कोरोना पाइएको छ।
यसैगरी, बागमती प्रदेशको काठमाडौंमा मात्र ६४४ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा ७, चितवनमा १२३, धादिङमा २२, नुवाकोटमा ७, भक्तपुरमा ८७, मकवानपुरमा २८, रसुवामा ५, रामेछापमा १, ललितपुरमा १४१ र सिन्धुलीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गण्डकी प्रदेशको कास्कीमा ३९, गोरखामा ९, तनहुँमा ८, नवलपरासी पूर्वमा २६, पर्वतमा ५, म्याग्दीमा २, बागलुङमा ९ र स्याङजामा ५ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ४३, गुल्मीमा ११, दाङमा १७२, नवलपरासीमा १४, पाल्पामा १३, प्युठानमा ३, बर्दियामा ३५, बाँकेमा ३५२, रुकुम पूर्वमा ४, रुपन्देहीमा २६८ र रोल्पामा २ जनामा कोरोना पाइएको छ।
यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ३, जाजरकोटमा ३, जुम्लामा १, दैलेखमा ३, रुकुम पश्चिममा २, सल्यानमा १०, सुर्खेतमा २३ र हुम्लामा १ जनामा कोरोना भेटिएको छ।
सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा २८, कैलालीमा ८१, डडेल्धुरामा ६, डोटीमा १३, दार्चुलामा १, बझाङमा १ र बैतडीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।













स्रोत नखुलेको अमेरिकी डलरसहित पक्राउ
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते
एसबीआई बैंक लुटपाट मा संलग्न ४ जना पक्राउ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया