शनिबार कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभर दुई हजार ६१९ जनामा कोरोना पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९७ हजार ७८ पुगेको छ। हालसविभिन्न अस्पताल तथा आईसोलेसनमा १६ हजार ८ सय २८ जना सक्रिय संक्रमित उपचाररत रहेका स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?
प्रदेश १ को इलाममा १, उदयपुरमा १, खोटाङमा २, झापामा २, पाँचथरमा १, भोजपुरमा १, मोरङमा ३९, संखुवासभामा ८ र सुनसरीमा १९ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को धनुषामा ८, पर्सा ६८, बारामा १८, महोत्तरीमा ४, रौतहटमा २५, सप्तरीमा ३ र सर्लाहीमा २ जनामा कोरोना पाइएको छ।
यसैगरी, बागमती प्रदेशको काठमाडौंमा मात्र ६४४ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा ७, चितवनमा १२३, धादिङमा २२, नुवाकोटमा ७, भक्तपुरमा ८७, मकवानपुरमा २८, रसुवामा ५, रामेछापमा १, ललितपुरमा १४१ र सिन्धुलीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गण्डकी प्रदेशको कास्कीमा ३९, गोरखामा ९, तनहुँमा ८, नवलपरासी पूर्वमा २६, पर्वतमा ५, म्याग्दीमा २, बागलुङमा ९ र स्याङजामा ५ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ४३, गुल्मीमा ११, दाङमा १७२, नवलपरासीमा १४, पाल्पामा १३, प्युठानमा ३, बर्दियामा ३५, बाँकेमा ३५२, रुकुम पूर्वमा ४, रुपन्देहीमा २६८ र रोल्पामा २ जनामा कोरोना पाइएको छ।
यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ३, जाजरकोटमा ३, जुम्लामा १, दैलेखमा ३, रुकुम पश्चिममा २, सल्यानमा १०, सुर्खेतमा २३ र हुम्लामा १ जनामा कोरोना भेटिएको छ।
सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा २८, कैलालीमा ८१, डडेल्धुरामा ६, डोटीमा १३, दार्चुलामा १, बझाङमा १ र बैतडीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।















नेपालका विनाेद चौधरीको सम्पत्ति ३ खर्ब २ अर्ब पुग्यो
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै
प्रतिक्रिया