जर्मनीमा नयाँ वर्ष मनाउन आतशबाजी पड्काउँदा ५ जनाको मृत्यु

काठमाडौँ । जर्मनीले नयाँ वर्ष मनाउन परम्परागत रूपमा बालएका शक्तिशाली आतिशबाजीका कारण जर्मनीमा पाँच जनाको मृत्यु हुनुका साथै एक प्रहरी अधिकारी गम्भीर घाइते भएका छन् ।
जर्मनहरूले नयाँ वर्षलाई आतशबाजीको तीव्र प्रयोगका साथ मनाउँदछन् । यसले प्रत्येक वर्ष चोटपटकको उच्च सङ्ख्या साथै प्रदूषण र होहल्ला निम्त्याउने गरेका कारण शक्तिशाली आतसबाजीलाई रोक्ने बारेमा बारम्बार बहस हुने गरेको छ ।
प्रहरी प्रवक्ता फ्लोरियन नाथका अनुसार यस वर्ष भएका दुर्घटनामा परी १३ जना प्रहरी अधिकारी घाइते भएका छन्।
राजधानी बर्लिनमा रातारात करिब ३३० जनालाई हिरासतमा लिइएको र विगतका वर्षहरूको तुलनामा यस वर्ष कुनै ठूलो हिंसा वा घटना नभएको प्रहरीले जनाएको छ ।
नर्थ राइन–वेस्टफालियाको उत्तरपश्चिम क्षेत्रमा पर्ने पाडेरबोर्न नजिकै २४ वर्षीय एक व्यक्तिको ‘पाइरोटेक्निक रकेट’ विस्फोट हुँदा मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
स्याक्सोनीको ओशाट्जमा ४५ वर्षीय एक व्यक्तिले ‘पाइरोटेक्निक बारूदी गोला’मा आगो लगाउँदा टाउकोमा गम्भीर चोट लागेर मृत्यु भएको छ । पुलिसका अनुसार यो शक्तिशाली ‘एफ–४ श्रेणी’को आतशबाजी हो र सको खरिद गर्न विशेष अनुमति चाहिन्छ।
स्याक्सोनीको पूर्वी क्षेत्रमा हर्था शहरमा ५० वर्षीय एक व्यक्तिको आतशबाजी पाइप बम विष्फोट गर्न खोज्दा टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ताले बताएका छन् ।
उत्तरको ह्याम्बर्ग नजिकै एक २० वर्षीय युवकको आतिशबाजीमा आगो बालेर मृत्यु भएको थियो।
अन्तमा, बर्लिन नजिकै क्रेमेनमा पनि एक व्यक्तिको आतशबाजीको विस्फोटबाट मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। यस्तै घटनामा यस क्षेत्रका अन्य तीन जना गम्भीर घाइते भएका छन् ।
















ग्रामीण भेगको प्रेमकथा ‘काजी’
जुम्लाको सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण
प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी
रास्वपाद्वारा थवाङ जीप दुर्घटनामा परी ज्यान गुमाएका प्रति दुःख व्यक्त
भन्सार जाँच कडाइले वीरगञ्जमा बढ्यो चहलपहल
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
ओमानसँग नेपाल १०२ रनले पराजित
प्रतिक्रिया