गाजाबाट ५५ जना बिरामीलाई युएई पुर्याइयो
मेरोन्यूज
२०८१ पुष १७ गते १६:१४

जेनेभा। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गाजा पट्टीबाट ५५ बिरामी विशेष उपचारका लागि मङ्गलबार संयुक्त अरब इमिरेट्स (युएई) लगिएको जनाएको छ । बिरामीसँगै उनीहरूका ७२ जना सहयोगीलाई पनि सँगै लगिएको छ ।
डब्लुएचओका अनुसार बिरामीमा स्वप्रतिरक्षा (अटोइम्युन) प्रणाली, रगतसम्बन्धी रोग, क्यान्सर, मुटुसम्बन्धी रोग, आँखा तथा मृगौलाको समस्या, ‘ट्रमा इन्जुरी’, नशाको समस्या र छालासम्बन्धी समस्या रहेको छ ।
गाजामा इजरायली आक्रमणका कारण सीमित स्वास्थ्य केन्द्रमा पनि स्वास्थ्यकर्मी, उपकरण, शैया र औषधीको अभाव भएको छ ।
संयुक्त राष्ट्रसंघीय स्वास्थ्य निकायले भनेको छ, “अझै पनि १२ हजारभन्दा बढी बिरामीहरूलाई गाजा बाहिर चिकित्सकीय स्थानान्तरणको आवश्यकता छ।”
सम्बन्धित













महाकाली सन्धिका तीन दशकः भारतले नछोड्दा मूल नहरमा बगेन पानी
प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता
एआईमा आधारित शिक्षण विधिको अभ्यास
सन् २०२५ मा १२८ पत्रकारको हत्या
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया