माउन्ट एभरेष्ट मोटर स्पोर्ट्स फेस्टिभलको टाइटल स्पोन्सर टोटल इनर्जीज

काठमाडौं । यही जनवरी ४ मा धुलिखेलमा हुने माउन्ट एभरेष्ट मोटरस्पोर्ट्स फेस्टिभललाई टोटल इनर्जीजले मुख्य प्रायोजन गरेको छ ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले बुधबार टोटल इनर्जीजका लागी नेपालको आधिकारीक बिक्रेता लक्ष्मी ल्यूब आयल प्रालिसँग टाइटल स्पोनरसिपका लागि सम्झौता गरेको हो ।
इभेन्टको मुख्य प्रयोजकको लागी लक्ष्मी ल्यूब आयल प्रालिको तर्फबाट सेल्स हेड सुबोध थापा र नेपाल अटोमोवाइल्स एसोसिएसनका तर्फबाट मिडिया एण्ड ब्राण्डिङ कमिसनका अंकित भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौता गर्दै सेल्स हेड सुबोध थापाले विश्वप्रसिद्ध टोटल ल्यूर्बीकेन्टले नेपालमा पनि आफ्नो गुण्स्तरीय सेवा र उत्पादन प्रदान गर्दै आएकोमा २०२५ को पहिलो दिनबाट नेपाली मोटरस्पोर्टस्मा पनि अधिकारीक रुपमा प्रवेश गरेकोमा खुसी व्यक्त गरे ।
त्यस्तै टोटल इनर्जीज जस्तो विश्वस्तरीय ब्राण्डको साझेदारीले नेपाली मोटरस्पोर्टस् सँगै कर्पोरेट क्षेत्रलाई अझ विश्वव्यापी र अन्तर्राष्ट्रिय स्तरको बनाउने विश्वास नेपाल अटोमोवाइल्स एसोसिएसनका अंकित भण्डारीले बताए ।
टोटल इानर्जीज सहित अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसन (एफआईए), अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन (एफआईएम) तथा बागमती प्रदेश खेलकुद विकास परिषद्को विशेष आर्थीक सहयोग रहने सो फेस्टिभलमा ६० जना ड्राइभर तथा ४० जना प्राविधिकहरुको सहभागिता रहने छ ।
धुलिखेलस्थित हिमालयन मोटरल्यान्डमा आयोजना हुने सो फेस्टिभल अन्तर्गत अटोक्रस च्यालेन्ज, नेपाल अटो जिमखाना, कार्ट्समाण्डु कप, क्वाड बाइक एड्भेनर्चस र स्टन्ट शो गरी ५ वटा इभेन्टहरु हुनेछन् ।
फेस्टिबलकै अवसरमा जनवरी ३ को मार्सल तालिम र इभेन्ट म्यानेजमेन्ट वर्कशपको आयोजना हुनेछ । त्यसमा पनि टोटल इनर्जीजले सहयोग गर्नेछ ।










५ अंकले बढ्यो नेप्से, काराेबार रकम पनि वृद्धि
प्रोटोन ईमासले काठमाडौँ र चितवनमा विशेष एक्सचेन्ज अफर
बल्खुमा ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
यू–१९ एसिया कप : नेपालले अफगानिस्तानलाई दियो १२५ रनको लक्ष्य
काठमाडौँ-७ बाट कांग्रेसका १९ उम्मेदवार सिफारिस
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया