अमेरिकामा जोन्सन एण्ड जोन्सनमाथि लगाइएको प्रतिबन्ध हट्यो

वासिंटन । रगत जम्ने खतरा देखिएको विवरणहरूपछि अमेरिकामा जोन्सन एण्ड जोन्सनको खोपमा लगाइएको प्रतिबन्ध शनिबारदेखि हटाइएको छ । अमेरिकामा कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको खोपबारे आएका नकारात्मक समाचारपछि उक्त खोप प्रयोगमा रोक लगाइएको थियो ।
अमेरिकी ‘फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन’ ले उक्त खोपमाथिको ११ दिनदेखिको प्रतिबन्ध हटाएको हो । जोन्सन एण्ड जोन्सनको खोप लगाएका करिब ८० लाख मध्येबाट १५ जनामा गम्भीर प्रकारको रगत जम्ने समस्या देखिएपछि गत अप्रिल १४ देखि खोप प्रयोगलाई स्थगित गरिएको थियो । समस्या देखिएका सबै ५० वर्ष मुनिका महिला रहेका र उनीहरुमध्ये तीनजनाको मृत्यु भएको थियो ।
युरोपियन औषधि नियामक निकायले पनि यही हप्ता जोन्सन एण्ड जोन्सनको खोपमाथिको प्रतिबन्ध हटाएको थियो । अमेरिकामा प्रतिबन्ध फुकुवासँगै नेदरल्याण्ड्समा रहेको कम्पनीको फ्याक्ट्रीबाट कम्तिमा एक करोड खोपको मात्रा तत्कालै अमेरिका पठाइने पनि जोन्सन एण्ड जोन्सन कम्पनीले जनाएको छ ।
अमेरिकामा जोन्सनको खोपको प्रयोगबाट हुने हानी अत्यधिक कम भएको र यसबाट लाभ लिनेको सङ्ख्या धेरै भएकोले खोप रोक्न नहुने निश्कर्ष निकालिएको अमेरिकी ‘फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन’ ले उल्लेख गरेको छ ।









आज मंसिर १० गते बुधबार, कस्ताे रहला तपाइकाे राशिफल ?
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
आज दिनभरको मौसम कस्तो रहला ?
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
हाइली गुब्बी ज्वालामुखीका कारण नेपालबाट कतार जाने जहाज उडेनन्, सयौँ यात्रु विमानस्थलमै
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
प्रतिक्रिया