सोमबार, वैशाख १५, २०८२

ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो?

मेरोन्यूज २०८१ पुष १९ गते ११:१०

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजारले बढेर १ लाख ५३ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार सुनको मूल्य तोलामा १ लाख ५१ हजार ५ सय रुपैयाँ कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २० रुपैयाँले बढेर तोलामा १ हजार ८१०रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

बिहीबार चाँदीको मूल्य १ हजार ७९० रुपैयाँ कायम भएको थियो । 

प्रतिक्रिया