भारतीय गायक अरमान मलिकले गरे बिहे (तस्बिरहरू)
मेरोन्यूज
२०८१ पुष १९ गते १४:४२

काठमाडौं । भारतीय गायक अरमान मलिकले विवाह गरेका छन् । गायकले प्रेमिका आशना श्राफसँग लगनगाँठो कसेका हुन् ।
बिहीबार सामाजिक सञ्जालमा आफ्नो विवाहको तस्बिर सेयर गर्दै अरमानले लेखेका छन्, ‘तिमी मेरो घर हौ ।’
अरमान र आशनाले अगस्ट २०२३ मा इन्गेजमेन्ट गरेका थिए । उनीहरु सन् २०१९ देखि एकअर्कालाई डेट गरिरहेका थिए ।
आशना एक फेसन प्रभावकार र ब्लगर हुन्। उनले कस्मोपोलिटन लक्जरी फेसन इन्फ्लुएन्सर अफ द इयर २०२३ को उपाधि पनि हात पारेकी थिइन् ।
अरमानको कुरा गर्दा उनी संगीतकार अनु मलिकका भतिजा हुन् र गायक हुन् । उनले आवाज तुम हो, बोल दो ना जरा र बुट्टा बोम्मा जस्ता चर्चित गीत गाएका छन् ।





सम्बन्धित












कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ
सिन्धुलीस्थित बैंक लुटपाट: सुरक्षा गार्डको हात काटियो, स्थानीय भेटे बाेरामा पैसा
काठमाडौंका यी ठाउँमा आज २ घण्टासम्मम बिजुली आपूर्ति बन्द हुने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया