भारतीय गायक अरमान मलिकले गरे बिहे (तस्बिरहरू)
मेरोन्यूज
२०८१ पुष १९ गते १४:४२

काठमाडौं । भारतीय गायक अरमान मलिकले विवाह गरेका छन् । गायकले प्रेमिका आशना श्राफसँग लगनगाँठो कसेका हुन् ।
बिहीबार सामाजिक सञ्जालमा आफ्नो विवाहको तस्बिर सेयर गर्दै अरमानले लेखेका छन्, ‘तिमी मेरो घर हौ ।’
अरमान र आशनाले अगस्ट २०२३ मा इन्गेजमेन्ट गरेका थिए । उनीहरु सन् २०१९ देखि एकअर्कालाई डेट गरिरहेका थिए ।
आशना एक फेसन प्रभावकार र ब्लगर हुन्। उनले कस्मोपोलिटन लक्जरी फेसन इन्फ्लुएन्सर अफ द इयर २०२३ को उपाधि पनि हात पारेकी थिइन् ।
अरमानको कुरा गर्दा उनी संगीतकार अनु मलिकका भतिजा हुन् र गायक हुन् । उनले आवाज तुम हो, बोल दो ना जरा र बुट्टा बोम्मा जस्ता चर्चित गीत गाएका छन् ।





सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया